logo
  • २७ माघ २०८१, आईतवार | Sun, 09 Feb 2025

  •      Listen Radio Live

    नेपाल रेडक्रस सोसाइटी बिजुवार उपशाखाको नयाँ नेतृत्व चयन

    नेपाल रेडक्रस सोसाइटी बिजुवार उपशाखाको नयाँ नेतृत्व चयन

    रविन विश्वकर्मा,प्युठान । नेपाल रेडक्रस सोसाइटी बिजुवार उपशाखाको नयाँ कार्यसमिति चयन गरिएको छ । शनिवार विजुवारमा सम्पन्न भएको उपशाखाको २० औँ साधारण सभा तथा आठौं अधिवेशनबाट ११ सदस्यीय कार्यसमिति चयन गरिएको हो । उपशाखाको सभापतिमा लोकमणि भण्डारी पुन चयन हुनुभएको छ ।

    त्यस्तै उपसभापति राधादेवी केसी, सचिव निरज सुवेदी, उपसचिव सूर्यचन्द्र खनाल, कोषाध्यक्ष प्रदीप कर्माचार्य, सहकोषाध्यक्षमा पुरुषोत्तम रिजाल चयन हुनु भएको हो । त्यस्तै सदस्यमा सरस्वती श्रेष्ठ, राजकुमारी श्रेष्ठ, सुशील कर्माचार्य, केशव पाण्डे, राजिव सुवेदी रहनु भएको छ । सर्वसम्मत नेतृत्व चयन गरिएको निर्वाचन अधिकृत पार्वता आचार्यले जानकारी दिनुभयो ।

    सभापति लोकमणि भण्डारीको अध्यक्षतामा भएको अधिवेशनमा प्युठान नगरपालिकाका प्रमुख विष्णु बहादुर योगीको प्रमुख  तथा नेपाल रेडक्रस सोसाइटी प्युठान शाखाका सभापति गुमानराज पुलामीको बिशिष्ट आतिथ्यता रहेको थियो ।



    mandavionline mandavionline    
  • १२ माघ २०८१ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP