प्युठान । २७ औं राष्ट्रिय भुकम्प सुरक्षा दिवस प्युठानमा पनि मनाईएको छ । मल्लरानी ग्रामीण बिकास सरोकार केन्द्र प्यूठानको आयोजनामा दिवस मनाईएको हो । कार्यक्रममा रेडक्रस प्यूठानका मन्त्री दामोदर शर्माले अरु बिपद भन्दा भुकम्प फरक भएकाले पुर्व सावधानी अनिवार्य भएको बताउनुभयो । “बाढी आयो भने सचेत रहन सूचना गर्न सकिन्छ,“ उहाँले भन्नुभयो,“ भुकम्प आउने थाहा हुदैन त्यसैले पुर्व तयारी आवश्यक छ ।“ त्यसका लागि बलिया भौतिक संरचना निर्माण गर्नुपर्ने उहाँको भनाई छ ।
कार्यक्रममा सहभागीले भुकम्प आएको केहि समय मानिसले चासो दिने गरेपनि पछि बिस्तारै भुल्दै जाने गरेको बताए । उनीहरूले सचेतनाको कार्यक्रम र भुकम्प प्रतिरोधी संरचना निर्माणका लागि राज्य र नगारिकले ध्यान दिनुपर्ने बताए । मल्लरानी ग्रामीण विकास संस्थाका अध्यक्ष निर्जला कर्माचार्यको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष बसन्तलाल शाक्य, रेडक्रस प्युठानका मन्त्री दामोदर शर्मा र जनजागृति माबिका प्रधानाध्यापक शोभा श्रेष्ठले बोल्नुभएको थियो ।
कार्यक्रममा घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष नबिन प्रकाश श्रेष्ठ, नेपाल आदिवासी जनजाति महासंघ प्यूठानका संस्थापक अध्यक्ष टिएस गुरुङ, ॐ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष लोकेन्द्र सुनार, नेपाल बार एशोसियसन प्रतिनिधि महेन्द्र प्रसाद न्यौपाने, प्यूठान उद्योग वाणिज्य संघ मल्लरानी बजार क्षेत्रका अध्यक्ष, बासु प्रसाद श्रेष्ठ लगायतको सहभागीता थियो । केन्द्रको सभाहलमा भएको कार्यक्रमको संचालन केन्द्रका कार्यकारी प्रमुख बिजय कुमार श्रेष्ठले गर्नुभएको थियो ।
प्रतिक्रिया