logo

  • ३० बैशाख २०८२, मंगलवार | Tue, 13 May 2025

  •      Listen Radio Live

    प्युठानमा पिकअप दुर्घटना, दुई जना घाइते

    प्युठानमा पिकअप दुर्घटना, दुई जना घाइते

    रविन विश्वकर्मा,प्युठान । प्युठानमा पिकअप गाडी दुर्घटना हुदा २ जना घाईते भएका छन्। स्याउलिवाङ‌बाट बाग्दुला अाउदै गरेको लु प्र ०१-००१ ज ००१० नं को पिकअप नौबहिनी गाउँपालिका २ लिघाकाे जौरी विसौनामा शुक्रबार बिहान दुर्घटना भएको हो।

    दुर्घटनामा परि चालक नौबहिनी गाउँपालिका २ लिघाका २३ बर्षिया देवु पुरी र सहचालक साेहि वडाका  १७ बर्षिया सन्तोष पुरी घाइते भएकाे जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी तथा प्रहरी निरीक्षक केशव केसीले जानकारी दिनुभयो ।

    घाइते २ जना मध्ये सह चालकाे अवस्था गम्भीर छ । उनकाे टाउकोमा चोट लागेकाे छ । घाइतेहरुकाे उद्वार गरी उपचारको लागि जिल्ला अस्पताल बिजुवार ल्याईएकाे छ । प्रहरीका अनुसार गाडि सडकदेखि करिब ७० मिटर तल खसेको छ ।



    mandavionline mandavionline    
  • ९ कार्तिक २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP