logo

  • ३० बैशाख २०८२, मंगलवार | Tue, 13 May 2025

  •      Listen Radio Live

    प्युठान कारागारका १ सय ४ जना कैदीबन्दीलाई फलफूल वितरण

    प्युठान कारागारका १ सय ४ जना कैदीबन्दीलाई फलफूल वितरण

    प्युठान ।

    प्युठान कारागारका कैदीबन्दीहरुलाई फलफूल वितरण गरिएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवसकाे अवसरमा कारागारमा रहेका १ सय ४ जना कैदीबन्दीहरुलाई शुक्रबार बिहान फलफूल वितरण गरिएको डिभिजन बन कार्यालय प्युठानका रेञ्जर हरि पाैडेलले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय प्युठानकाे अायाेजना तथा डिभिजन बन कार्यालयकाे सहकार्यमा फलफूल वितरण गरिएको हाे ।

    जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरम जिसी,उपप्रमुख दुर्गा रेग्मी , प्रमुख जिल्ला अधिकारी रमा अाचार्य, सहायक प्रजिअ लक्ष्मी देवी शर्मा, डिभिजनल बन अधिकृत धनीश्वर न्याैपाने,जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख तथा प्रहरी नायव उपरीक्षक ईश्वर थापा, जिल्ला स्थित विभिन्न कार्यालयका कर्मचारी लगायतकाे उपस्थितिमा फलफूल वितरण गरिएको थियाे ।

    फलफूल वितरणसंगै जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरम जिसीले संविधान दिवसकाे अवसरमा अायाेजित ३ दिने कार्यक्रमकाे समापन गरेका छन् । दिवसकाे अवसरमा २ गते कार्यालय परिसरमा सरसफाइ, साझ घर तथा कार्यालयमा दिप प्रज्जवलन, ३ गते प्रभातफेरी तथा शुभकामना अादान प्रदान, स्थानीय तह, विभिन्न संघ संस्थाकाे अायाेजनामा रक्तदान लगायतका बिभिन्न रचनात्मक कार्यक्रमहरुकाे अायाेजना गरिएको थियाे ।



    mandavionline mandavionline    
  • ४ आश्विन २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP