logo

  • ३ असार २०८२, मंगलवार | Tue, 17 Jun 2025

  •      Listen Radio Live

    गौमुखीमा अन्तरजातिय बिबाह गर्ने जोडिलाइ सम्मान

    गौमुखीमा अन्तरजातिय बिबाह गर्ने जोडिलाइ सम्मान

    गौमुखी गाउँपलिकाले अन्तरजातीय बिबाह गर्ने जोडिलाइ सम्मान गरेको छ । जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिबशका अवसर पारेर गाउँपालिका भित्रका अन्तरजातीय बिबाह गर्ने जोडिलाइ सम्मान गरेको हो ।
    गाउँपालिका भित्रका ७८ जोडिलाइ सम्मान पत्र र दोसल्ला ओढायर सम्मान गरियको गौमुखी गाउँपालिका महिला, बालवालिका तथा जेष्ठ नागरिक शाखा प्रमख उमा अर्यालले जानकारि दिइन् ।
    २०६३ साल जेठ २१ गते नेपाल सरकारले मुलुकलाई ‘जातीय छुवाछुत मुक्त राष्ट्र’ घोषणा गरेथियो । सोहि दिनको स्मरण गर्दै हरेक बर्ष जेठ २१ गते यो दिबश मनाउने गरिन्छ । जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा भएपनि समुदायमा अझैपनि जातीय छुवाछुत र बिभेदका घटना हुने गरेको जानकारी दिदै शाखा प्रमुख अर्यालले त्यसलाइ न्यूनिकरणका लागी अन्तरजातीय बिबाह गर्नेलाइ सम्मान गरेर प्रोत्साहनको काम गरिएको बताइन् ।
    अन्तरजातीय बिबाह गर्नेलाइ सम्मान छुवाछुत र बिभेदलाइ अन्त्य गर्ने एक माध्यम भएको गौमुखी गाउँपालिकाका उपाध्यक्ष महाबिर रानाले बताए । जातिय छुवाछुत अन्त्यका लागी योगदान पर्याएका जोडिलाइ प्रोत्साहन स्वरूप सम्मान गरिएको हो, यसले समुदाय स्तरमा थप प्रोत्साहन र चेतना अभिबृद्धिमा मद्धत पुर्याउछ ।



    mandavionline mandavionline    
  • २२ जेष्ठ २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP