पुर्व अर्थमन्त्री तथा नेकपा माओबादि केन्द्रका उपमहासचिव बर्षमान पुनले पुरानो ढर्राको लोकतन्त्रको सर्विसिङ्ग आबश्यक रहेको बताएका छन् । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिती प्यूठानले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पुर्व अर्थमन्त्री पुनले लोकतन्त्रलाइ परिमार्जन गर्दै समृद्दि र सामाजिक न्यायका लागि अवस्था परिवर्तनको बाटोमा लाग्नुपर्ने बताए ।
ब्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन नहुदा शुसासन जोखिममा परेको बताउदै बर्तमान सरकार शुसासन र समृद्दिको पक्षमा नरहेको बताए ।
बर्तमान सरकारमा निरकंशता र दम्भ हावि भएको भन्दै उनले प्रधानमन्त्री र बर्तमान सरकारले कार्यशैलि फेर्नुपर्ने बताए । सरकारले भष्ट्राचारिलाइ प्रसय दिने र संरक्षण गर्ने गरेको सुनाए । भष्ट्राचारका फाइल खुल्न थालेपछि सरकार ढलेको बताउदै उनले नेकपा माओबादि केन्द्र २०८४ सम्मै प्रतिपक्षमा बस्ने बताए ।
प्रतिक्रिया