रविन विश्वकर्मा,प्युठान । प्रथम भित्रिकाेट प्युठान महाेत्वस २०८१ संञ्चालन हुने भएकाे छ । प्यूठान नगर बजार क्षेत्रको मुख्य आयोजनामा पुष ५ देखि १७ गते सम्म महाेत्वस हुन लागेको हो । आइतबार बाग्दुलामा पत्रकार सम्मेलन गर्दै महाेत्वस संञ्चालनबारे जानकारी दिइएकाे हाे । कृषि, पर्यटन, उद्योग र ब्यापार , समृद्ध नगरकाे बलियाे अाधार भन्ने नाराका साथ महाेत्वस संञ्चाल गर्न लागिएको हाे ।
जिल्लाकाे कृषि, पर्यटन, उद्योग र ब्यापारलाई प्रवर्धन गदै बजार क्षेत्रकाे सचिवालय भवन बनाउने उदेश्यका साथ महाेत्वस संञ्चालन गर्न लागिएको प्युठान नगर बजार ईलाका अध्यक्ष प्यार अली खाँनले जानकारी दिनुभयो ।
प्युठान नगरपालिका ७ टिकुरी बस पार्क नजिकै लाग्ने महाेत्वसमा ख्याति प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुकाे प्रस्तुति,प्युठान डान्स आइडल सिजन २, बाल उधान, ९ वटै स्थानीय तहमा उत्पादन भएका विभिन्न कृषि उपजहरु प्रदर्शनीमा राखिने बताउनुभयो ।कृषकहरुलाई निशुल्क स्टलकाे ब्यवस्थासंगै जिल्लामा दर्ता भई सञ्चालनमा रहेका व्यवसायीलाई प्यूठान उद्योग वाणिज्य संघको सिफारिसमा ५० प्रतिशत छुट सहित स्टल उपलब्ध गराउने बताउनुभयो । साथै कृषि उपजलाई महाेत्वस स्थल सम्म पुर्याउनकाे लागि स्थानीय तहलाई ढुवानीकाे लागि सहजिकरण गर्न पहल गर्ने उहाँकाे भनाइ छ ।
जिल्लाका पहिचान बाेकेका मारुनी, सराय नाच, प्युठान नगरपालिका तथा जिल्ला भित्र रहेका धार्मिक तथा प्रमुख पर्यटकिय स्थलहरुकाे प्रवर्द्धनका लागि डिजिटल भिडियो डकुमेन्ट्री प्रदर्शन गरिने अध्यक्ष खाँनले बताउनुभयो । महाेत्वसमा सर्वसाधारणकाे लागि टिकट शुल्क ८० र बिद्यार्थीकाे लागि ५० रुपैयाँ ताेकिएकाे छ । साथै जेष्ठ नागरिक, अशक्त, अपांगहरुलाई भने प्रवेश शुल्क निशुल्क गरिएको खाँनले जानकारी दिनुभयो । महोत्सबमा करिब ८० हजारदेखि १ लाख जनाले महोत्सब अबलोकन गर्ने र करिब २ करोड रुपैया बरावरको करोवार हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया