logo

  • ४ असार २०८२, बुधबार | Wed, 18 Jun 2025

  •      Listen Radio Live

    मल्लरानी ४ कसेरीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    मल्लरानी ४ कसेरीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    प्युठान । ग्लोबल मनि विक २०२५ को अवसरमा मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड अनुगमन कार्यालय विजुवारले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

    जिल्लाको प्युठान न पा वडा न–४ मा रहेको अनुगमन कार्यालयले ग्लोबल मनी विक २०२५   को “थिङ्क बिफर यु फलो, वाइज मनि टुमरो “भन्ने नारालाई आत्मसात गर्दै वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम मल्लरानि  गाउँपालिका कसेरीमा आइतबार सम्पन्न गरेकाे हाे ।

    कार्यक्रममा कर्जाको आवश्यकता ,बचत को प्रकार,बचत तथा कर्जाको फाईदा तथा बेफाइदा ,कर्जा लिदा ध्यान दिनुपर्ने पर्ने कुराहरु,कर्जा सदुपयोगिता,बिमा, सेवा ,एसएम एसको महत्व र फाईदा नगद जम्मा भौचरको महत्त्व , केन्द्र प्रमुखको भुमिका तथा केन्द्र संचालन लगाएत विषयमा सचेतनामुलक कार्यक्रम गरिएको र कार्यक्रमले ग्राहक माझ वित्तीय चेतना बढेको कार्यालयले जनाएको छ ।

    कार्यक्रममा बित्तीय साक्षरताका बारेमा विजुवार अनुगमन प्रमुख रमेश अधिकारी , विजुवार शाखा प्रमुख प्रदिप भण्डारी र उधम विकास संयाजक घन्श्याम भुषालले  प्रशिक्षण दिनुभएको थियो भने  कार्यक्रमको सहजीकरण तथा सन्चालन उधम विकाश संयाजक राजन थापा गर्नुभएको थियो ।

    संस्थाले जिल्लाकाे सम्पुर्ण पालिकामा  करिब १२ हजार३ सय घर धुरिलाई सेवा दिदै आएको यस मातृभुमि लघुवित बित्तीय सस्था लि अनुगमन कार्यालय विजुवारले ११ वटा शाखा मार्फत उक्त जिल्लामा आफ्नो कार्य क्षेत्र बनाएर कार्य गर्दै आएको छ ।

    मातृभूमि लघुवित्त वित्तिय संस्था लिमिटेडले मार्च १७ तारिख अर्थात (चैत ४) गतेदेखि मार्च २३ (चैत १०) गते सम्म देशैभरी वित्तिय साक्षरता कार्यक्रमहरु सञ्चालन गरी ग्लोबल मनि विक २०२५ भव्य रुपमा सम्पन्न गरेको छ । मातृभूमि लघुवित्तले सातैवटा प्रदेशका सम्पुर्ण व्यक्तिहरुमा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।यो विश्वव्यापी वित्तीय चेतनामूलक अभियान हालसम्म १७६ मुलुकका छ करोडभन्दा बढी बालबालिका र युवामाझ पुगिसकेको छ। नेपालमा यस वर्ष पनि नेपाल राष्ट्र बैंकले राष्ट्रिय संयोजकको भूमिका निर्वाह गर्दै ग्लोबल मनी विक मनाएको हो। कार्यक्रममा ४० जना भन्दा बढी स्थानियको उपस्थिति रहेको थियो।



    mandavionline mandavionline    
  • ११ चैत्र २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP