logo

  • ११ भाद्र २०८३, बिहीबार | Thu, 27 Aug 2026

  •      Listen Radio Live

    ऐरावती गाउँपालिकाको भोटेकोशी बाढीपीडितका लागि ११ लाख बढी सहयोग गर्ने प्रतिबद्दता

    ऐरावती गाउँपालिकाको भोटेकोशी बाढीपीडितका लागि ११ लाख बढी सहयोग गर्ने प्रतिबद्दता

    रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार, उपचार तथा पुनर्स्थापनाका लागि प्यूठानको ऐरावती गाउँपालिकाले ११ लाख ९ हजार ५ सय ६१ रुपैयाँ सहयोग गर्ने भएको छ। गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने प्रतिबद्धता जनाएको हो।

    गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाहद्वारा जारी अपिलमा प्राकृतिक विपद्का कारण ठूलो जनधनको क्षति भएको भन्दै विपद्मा परेका नागरिकप्रति दुःख व्यक्त गरिएको छ। बाढीका कारण रसुवा, नुवाकोट, गोर्खा र धादिङलगायत जिल्लाका विभिन्न बस्ती, बजार, सरकारी तथा सार्वजनिक संरचना, सडक, पुल र जलविद्युत् आयोजनामा समेत क्षति पुगेको उल्लेख गरिएको छ।

    एरावती गाउँपालिकाले विपद्को कठिन अवस्थामा घाइते तथा अलपत्र परेकाको तत्काल खोज तथा उद्धार, राहत वितरण, विस्थापितको सुरक्षित स्थानान्तरण र घाइतेको निःशुल्क उपचारका लागि सहयोग आवश्यक रहेको जनाएको छ। त्यसका लागि तीनै तहका सरकार, नागरिक समाज, विकास साझेदार, स्वयंसेवक संस्था, सञ्चार जगत् तथा सरोकारवालालाई सहयोग र समन्वय गर्न अपिल गरिएको छ।

    गाउँपालिकाले बाढीको जोखिम अझै कायम रहेकाले तल्लो तटीय क्षेत्रका बस्ती प्रभावित हुनसक्ने भन्दै उच्च सतर्कता र सावधानी अपनाउनसमेत आग्रह गरेको छ।

    प्राकृतिक विपद्बाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत, उपचार तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख ९५ हजार ६९ रुपैयाँ जम्मा गर्ने प्रतिबद्धता जनाएको हो।



    mandavionline mandavionline    
  • ११ भाद्र २०८३ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP