logo

  • २७ बैशाख २०८२, शनिबार | Sat, 10 May 2025

  •      Listen Radio Live

    पत्रकार महासंघ प्युठानद्वारा सदस्यता नबिकरण गर्न आग्रह, तोकिएको म्यादभित्र नविकरण नगरेमा विधान बमोजिम ब्यबस्था लागु हुने

    पत्रकार महासंघ प्युठानद्वारा सदस्यता नबिकरण गर्न आग्रह, तोकिएको म्यादभित्र नविकरण नगरेमा विधान बमोजिम ब्यबस्था लागु हुने

    प्रमोद ओली,प्युठान।  नेपाल पत्रकार महासंघ प्युठानले २०८२ वैशाख २० गतेसम्म सदस्यता नविकरण गर्न आग्रह गरेको छ। महासंघले तोकिएको म्यादभित्र नविकरण नगरेमा विधान अनुसारका व्यवस्था लागू हुने जानकारी दिएको छ। सदस्यता नविकरणका लागि कार्यरत मिडियाको परिचयपत्र, वार्षिक शुल्क रु १ हजार,सदस्यता परिचयपत्र कार्ड शुल्क रु १०० र दुई प्रति पासपोर्ट साइजको फोटो आवश्यक पर्ने जनाएको छ।
     २०७९ पुस ८ र ९ गते सुर्खेतमा सम्पन्न केन्द्रीय साधारणसभाबाट गठन गरिएको शुद्धीकरण समितिले तयार पारेको मापदण्डका आधारमा जिल्लाले १४६ सदस्य सिफारिस गरेको थियो। तर शुद्धीकरण प्रक्रियामा ८१ जना सदस्यको सदस्यता कायम गरिएकोमा  ४ जनाले नविकरण नगर्दा  हाल ७७ जना मात्र सक्रिय सदस्य रहेको नेपाल पत्रकार महासंघ जिल्ला साखा प्युठानका अध्यक्ष श्रीराम भण्डारीले बताए ।
    महासंघका सचिव वासुदेव गिरीद्वारा हस्ताक्षरित सूचनामा तोकिएको म्यादभित्र नविकरण नगर्ने सदस्यलाई विधान बमोजिम  हुने उल्लेख गरिएको छ।



    mandavionline mandavionline    
  • ९ बैशाख २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP