logo
  • २७ माघ २०८१, आईतवार | Sun, 09 Feb 2025

  •      Listen Radio Live

    नौबहिनीमा प्रधानमन्त्री रोजगार कार्यक्रममा छनौट भएकाहरुलाई सुरक्षा सामाग्री वितरण

    नौबहिनीमा प्रधानमन्त्री रोजगार कार्यक्रममा छनौट भएकाहरुलाई सुरक्षा सामाग्री वितरण

    रविन विश्वकर्मा,प्युठान ।नौबहिनी गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममा छनौट भएका ब्यक्तिहरुलाई सुरक्षा सामाग्री तथा परिचयपत्र वितरण वितण गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०८१÷०८२ को लागि वडा नंम्बर १ देखि ८ सम्मका रोजगारीमा छनोट भएका ६९जनालाई सुरक्षा सामाग्री सहित परिचयपत्र वितरण गरिएको गाउँपालिकाका रोजगार संयोजक पर्वत केसीले जानकारी दिनुभयो । उहाँका अनुसार २०८१/०८२ को प्रधानमन्त्री रोजगार कार्यक्रममा १,२,३,४,र ८ नंम्बर वडाबाट ८/८ जना, वडा नंम्बर ५ र ६ बाट १०/ १० जना र ७ नंम्बर वडाबाट ९ जना गरी ६९ जना छनौट भएका छन् ।

    छनौट भएका सबैलाई परिचयपत्र, काम गर्दा हातमा लगाउने पन्जा, हेल्मेट, ज्याकेट, बुट, प्राथमिक उपचार बक्स लगायतका आवश्यक सुरक्षा सामाग्री प्रदान गरेको रोजगार संयोजक केसीले बताउनुभयो । साथै उनीहरुलाई एक दिने अभिमुखिकरण दिनुका साथै १८ देखि ५९ वर्ष उमेर समुहका (महिला, आदिवासी, जनजाति, मधेसी, दलित तथा सीमान्तकृत समुदाय) बेरोजगार व्यक्तिको सुचिमा दर्ता हुन आवेदन दिने प्रक्रिया र समय सम्बन्धि भेला कार्यक्रम सेमत सम्पन्न गरेको बताउनुभयो ।

    छनोट भएका ब्यक्तिहरुले सय दिनको रोजगारी पाउनेछन् । बेरोजगार,गरिब,विपन्न,एकल महिला, आदिवासी, जनजाति, दलित तथा सीमान्तकृत समुदायका नागरिकलाई रोजगारीमा सामावेश गरिएको केसीले बताउनुभयो । वडाले सिफारिस गरेको योजना अन्तर्गत गाउँपालिकाको कार्यपालिका बैठकबाट स्वीकृत भएका, पदमार्ग निर्माण, मोटर बाटो, खानेपानीको पाइपलाइ खन्ने लगायतका काम गर्नुपर्ने उहाँले जानकारी दिनुभयो ।

    काम गरे बापत प्रतिश्रमिकले प्रतिदिनको ६ सय ८८ रुपैंया ज्याला पाउने छन् । माघ ३ गतेबाट रोजगारको काम सुरु गर्ने बताउनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि चालु आर्थिक बर्षमा संघिय सरकाबाट करिब ७५ लाख रुपैंया बजेट विनियोजन भएको गाउँपालिकाले जनाएको छ ।



    mandavionline mandavionline    
  • १८ पुष २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP