रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्यूठानको गौमुखी गाउँपालिकाले २ लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
गाउँ कार्यपालिकाको २०८३ साल असार १९ गते बसेको बैठकले संस्थागत रूपमा २ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। त्यसैगरी, गाउँपालिकामा कार्यरत सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीको एक दिन बराबरको सेवा सुविधा तथा पारिश्रमिक रकमसमेत उक्त उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।
यस्तै रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका लागि प्यूठानको झिमरुक गाउँपालिकाले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
गाउँपालिकाले बाढीपीडितको तत्काल उद्धार, राहत वितरण तथा विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि गाउँपालिकाका जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीबाट संकलित १० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने प्रतिबद्धता जनाएको झिमक्ष गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रिले जानकारि दिए ।
गाउँपालिकाका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीद्वारा जारी विज्ञप्तिमा प्राकृतिक विपद्को यस कठिन घडीमा बाढीपीडित नागरिकलाई सहयोग गर्न सबै पक्षलाई आह्वान गरिएको छ।
गाउँपालिकाले घाइते तथा अलपत्र परेकाको तत्काल खोज तथा उद्धार, राहत वितरण र विस्थापित नागरिकको सुरक्षित स्थानान्तरणलाई प्रभावकारी बनाउन तीनै तहका सरकार, नागरिक समाज, विकास साझेदार, स्वयंसेवक संस्था, निजी क्षेत्र, सञ्चार जगत तथा सम्बन्धित सबै पक्षसँग सहकार्य र समन्वयका लागि आग्रहसमेत गरेको छ।
झिमरुक गाउँपालिकाको यो सहयोगले विपद्को समयमा स्थानीय तहबाट पीडित नागरिकका लागि राहत तथा उद्धारमा सहकार्य गर्ने प्रतिबद्धता देखाएको छ।
प्रतिक्रिया