प्यूठान । प्यूठान नगरपालिका–८ बाग्दुलाका १४ वर्षीय रिदम कक्षपति सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ।
लर्निङ हेभेन बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत कक्षपति भदौ ८ गते दिउँसो करिब साढे १ बजेदेखि बाग्दुलास्थित घरबाट सम्पर्कविहीन भएका हुन्।
परिवारका अनुसार सुरुमा उनी साथीहरूसँग खेल्न गएको हुनसक्ने अनुमान गरिएको थियो। तर लामो समयसम्म घर नफर्किएपछि आफन्त, साथीभाइ तथा सम्भावित स्थानमा खोजी गर्दा पनि उनको अवस्था पत्ता लाग्न सकेको छैन।
परिवारले रिदम घरबाट बाहिर जाँदा लामो समय सम्पर्कविहीन हुने बानी नभएको जनाएको छ। उनी सम्पर्कविहीन भएपछि परिवारले खोजीका लागि आफन्त, साथीभाइ, स्थानीयवासी तथा सर्वसाधारणसँग सहयोगको आग्रह गरेको छ।
परिवारका अनुसार रिदमले जिन्सको हाफ पाइन्ट र लेदरको चप्पल लगाएका छन्।
रिदमलाई कतै देखेमा वा उनको अवस्थाबारे कुनै जानकारी प्राप्त भएमा नजिकैको प्रहरी कार्यालयमा खबर गर्न परिवारले आग्रह गरेको छ। साथै उनका बुबा ऋषि कक्षपतिको मोबाइल नम्बर ९८४७९८५८१५ मा समेत जानकारी गराउन सकिनेछ।
प्रतिक्रिया