logo

  • ६ असार २०८२, शुक्रबार | Fri, 20 Jun 2025

  •      Listen Radio Live

    निर्णय गलत छ,सरकार ! उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन : गगन थापा

    निर्णय गलत छ,सरकार ! उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल विद्यतु प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाउनुभएको छ ।
    सोमवार साँझ मन्त्रिपरिषद बैठकले कुलमानलाई हटाएर हितेन्द्रदेव शाक्यलाई निर्णय गरेपछि थापाले सामाजिक सञ्जालमार्फत थापाले विरोध गर्नुभएको हो । आम नागरिकमा असन्तुष्टि बढिरहेका बेला सरकारले कुलमानलाई हटाएर असन्तुष्टिको आगोमा मट्टीतेल हाल्ने काम गरेको थापाको निष्कर्ष छ ।

    आम नागरिकमा असन्तुष्टि बढ्दो छ त्यही असन्तुष्टिको तावामा स्वार्थको रोटी सेक्न उद्धत एउटा तप्का सलबलाइरहेको छ। यस्तो बेला सरकारको डेलिभरीबाट त्यो असन्तुष्टिलाई सम्बोधन गर्दै आगो नै निभाइदिऊ भनेर हामी दिन रात नभनी मेहनत गर्ने सरकार चाही आफैँ असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गर्ने रुु थापाले फेसबुकमा लेख्नुभएको छ ।

    कांग्रेस महामन्त्री थापाले प्रधानमन्त्री ओली सरकारको नियतमाथि पनि प्रश्न उठाउनुभएको छ । थापाले लेख्नुभएको छ, हामीले यस्तो नगरौँ है भन्दा सुनेको जस्तो पनि गर्ने तर निर्णय फेरि यस्तो गलत गर्ने र मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले समाल्नु पर्ने हो तर विडम्बना त्यो भएन, निर्णय गलत छ,सरकार उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन, भनेर असन्तुष्ठी पोख्नुभएको छ ।



    mandavionline mandavionline    
  • १२ चैत्र २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP