logo

  • २० भाद्र २०८३, शनिबार | Sat, 05 Sep 2026

  •      Listen Radio Live

    अरिङ्गालको टोकाइबाट प्यूठानमा एक जनाको मृत्यु 

    अरिङ्गालको टोकाइबाट प्यूठानमा एक जनाको मृत्यु 

    प्यूठानमा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु भएको छ। माण्डवी गाउँपालिका–४ उदयपुरकोटका ४० वर्षीय कुलबहादुर पिर्की मगरको उपचारका क्रममा मृत्यु भएको हो।

    प्रहरी चौकी देविस्थानका अनुसार पिर्की मगरलाई भदौ १९ गते साँझ घरनजिकैको जंगलमा अरिङ्गाल काट्ने क्रममा अरिङ्गालले टोकेको थियो।

    स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि भदौ २० गते बिहान जिल्ला अस्पताल बिजुवार ल्याइएकोमा अस्पतालले बिहान साढे ९ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ।



    mandavionline mandavionline    
  • २० भाद्र २०८३ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP