भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा प्यूठानका बिभिन्न स्थानमा भएको आगजनी र तोडफोडमा संलग्नलाई कार्वाहिको माग गर्दै प्यूठानका दुई राजनैतिक दलले जिल्ला प्रहरी कार्यालय प्यूठानमा जाहेरी दर्ता गरेका छन् ।
जेनजी आन्दोलनका क्रममा पार्टि कार्यालयमा आगजनी र तोडफोड गरेको भन्दै राष्ट्रिय जनमोर्चा र नेकपा एमाले प्यूठानले जिल्ला प्रहरी कार्यालय प्यूठानमा जोहरी दर्ता गरेको हो । पार्टि कार्यालयमा आगजनी र तोडफोड गर्नेलाई कार्वाहिको माग गर्दै डाकाचोरी र अपराधिक कृयाकलापमा जाहेरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरिक्षक नरहरी अधिकारीका अनुसार दुई राजनैतिक दलहरुले जाहेरी दर्ता गरेको र अन्य बिभिन्न तवरबाट अनुसन्धानको काम भैरहेको बताउनु भयो ।
जेनजी आन्दोलनका क्रममा प्यूठानमा नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, नेपाली काग्रेस र तत्कालिन माओबादी पार्टि कार्यालयमा तोडफोड र आगजनी भएको थियो । तोडफोड र आगजनीबाट प्यूठानमा ७० लाख रुपैया बढिको क्षती भएको थियो ।
प्रतिक्रिया