logo

  • २८ बैशाख २०८२, आईतवार | Sun, 11 May 2025

  •      Listen Radio Live

    मल्लरानी गाउँपालिका स्तरीय कक्षा ८ को ग्रेडवृद्धि (पुरक) परीक्षा भोलि देखि हुने

    मल्लरानी गाउँपालिका स्तरीय कक्षा ८ को ग्रेडवृद्धि (पुरक) परीक्षा भोलि देखि हुने

    रविन विश्वकर्मा, प्युठान । आम शैक्षिक हडतालका कारण स्थगित भएको मल्लरानी गाउँपालिका स्तरीय कक्षा ८ को ग्रेडवृद्धि (पुरक) परीक्षा भोलि देखि संञ्चालन हुने भएको छ । बैशाख २२ र २३ गते २ दिन सम्म संचालन हुने ग्रेडवृद्धि परीक्षा संञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ । परीक्षा संञ्चालनको लागि जनता मा.वि.लुक्का, महेन्द्र मा.वि. खलंगा र भानुभक्त मा.वि. बर्वोट गरी ३ वटा बिद्याललाई परीक्षा केन्द्र तोकिएको छ ।

    जनता मा.वि.लुक्कामा सोहि बिद्यालयका बिद्यार्थीमात्रै सहभागि हुने गरी परीक्षा केन्द्र तोकिएको छ । यस्तै महेन्द्र मा.वि. खलंगामा सोही बिद्यालय सहित भूमि विकास मा.वि., जनजागृति मा.वि. , खलंगा आ.वि. का बिद्यार्थी र भानुभक्त मा.वि.वर्वोटमा उक्त बिद्यालयका सहित शारदा मा.वि., अमर मा.वि. र जनकल्याण आ.वि का बिद्यार्थीले परीक्षा दिने गरी परीक्षा केन्द्र तोकिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम न्यौपानेले जानकारी दिनुभयो ।

    यसअघि चैत २८ र २९ गते २ दिन सम्म संचालन हुने गरि तय गरिएको गाउंपालिका स्तरीये ग्रेडवृद्धि पुरक परीक्षा नेपाल शिक्षक महासङ्घको देशब्यापी शैक्षिक हडतालका कारण स्थगित गरिएको भएको थियो ।



    mandavionline mandavionline    
  • २१ बैशाख २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP