logo
  • २७ माघ २०८१, आईतवार | Sun, 09 Feb 2025

  •      Listen Radio Live

    आफ्नै लोगो बनाउने प्युठान नगरपालिकाको तयारी, लोगो बनाउ आह्वान

    आफ्नै लोगो बनाउने प्युठान नगरपालिकाको तयारी, लोगो बनाउ आह्वान

    रविन विश्वकर्मा, प्युठान । प्युठान नगरपालिकाले आफ्नै मौलिक विशिष्टता झल्किने नगरपालिकाको प्रतिक चिन्ह (लोगो) बनाउने भएको छ । नगरपालिकाको सामाजिक, आर्थिक, भौगोलिक, धार्मिक ऐतिहासिकता, जनजीवन,साँस्कृतिक तथा पर्यटकीय क्षेत्रलाई समेटेर लोगो बनाउन लागिएको नगर प्रमुख बिष्णु योगिले बताउनुभयो । नगरपालिकाले (लोगो) तयार गर्नको लागि आईतबार सार्वजनिक सूचना जारी गरी आह्वान गरेको छ ।

    नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार लोगो तयार गर्न खुला रुपमा आह्वान गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद भण्डारीले बताउनुभयो । लोगोमा नगरपालिकाको नाम, प्यूठान नगरपालिका, नेपालको राष्ट्रिय झण्डा अनिवार्य हुनुको साथै प्यूठान नगरपालिका अन्तर्गतका आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पर्यटकीय क्षेत्र लगायतका विषय समावेश गरी मौलिक विशिष्टता झल्किने खालको हुनुपर्ने प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताउनुभयो । लोगोमा प्रयोग भएका संकेतहरुको संक्षिप्त व्याख्या गर्नुपर्ने उहाँको भनाइ छ ।

    लोगो तयार गर्दा कुनै पनि जातिय विभेद, साम्प्रदायिकता, सार्वभौमिकता, राष्ट्रिय एकता र अखण्डतामा आँच आउने संकेत अथवा चिन्ह प्रयोग गर्न नपाईने, डिजाइन गरेको लोगो अन्य कार्यालय वा संघ संस्थाहरुसँग मेल खाने खालको हुन नहुने, नक्कल नगरिएको र मौलिक हुनुपर्ने जारी सुचनामा उल्लेख छ ।

    १५ दिन भित्र लोगो तयार गरी प्रस्ताव पेश गर्न नगरपालिकाले आग्रह गरेको छ । प्राप्त लोगो डिजाइनहरु मध्ये लोगो निर्माण मूल्याङ्कन समितिको मूल्याङ्कनबाट उत्कृष्ट लोगो छनौट गरिने छ । उत्कृष्ट लोगोको डिजाइनरलाई कदरपत्र सहित नगद २५ हजार रुपियाँ पुरस्कार प्रदान गर्ने नगरपालिकाले जनाएको छ ।



    mandavionline mandavionline    
  • ६ माघ २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP