logo

  • ३० बैशाख २०८२, मंगलवार | Tue, 13 May 2025

  •      Listen Radio Live

    बिकासमा पछाडी परेको प्यूठानको बिकास आफुले गरेर देखाउँछु ः मन्त्री थापा

    बिकासमा पछाडी परेको प्यूठानको बिकास आफुले गरेर देखाउँछु ः मन्त्री थापा

    प्युठान ।
    लुम्बिनी प्रदेशका शहरी बिकास तथा खानेपानी मन्त्री सरोज थापा  (रोज राणा )ले प्यूठान अब आफुले जिल्लाको बिकास गर्ने बताउनुभएको । सोमबार नेपाली कांग्रेस प्यूठानले जुम्रीमा आयोजना गरेको स्वागत,बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री थापाले यस्तो बताउनुभएको हो ।प्यूठाले धेरै नेता पाए पनि जिल्लाको बिकासमा नेताको साथ नपाएको बताउनुभयो । लुम्विनी प्रदेशका रोल्पा, अर्घाखाँची लगायतका जिल्लाले बिकासमा फड्को मारे तर प्यूठान जहाँको त्यहि रहेको बताउदै बिकासमा पछाडी परेको प्यूठानको बिकास आफुले गरेर देखाउने बताउनुभयो ।

    कम्युनिष्टको बिना भन्डाफोर भएकाले उनीहरु बिकास गर्न भन्दा बिर्गान लागेको उहाँको आरोप छ । ‘कम्युनिष्टहरुको सिद्धान्त बिद्रोह मात्र भयो, उनीहरुले बिकासको सट्टा बिनास गर्न लागे त्यसैको कारण प्यूठान बिकासमा पछि पर्यो’ उहाँले भन्नुभयो ‘अब त्यो अबस्थाको अन्त्य गर्ने नेपाली कांग्रेस पार्टी र मेरो काँधमा आएको छ म जसरी पनि जिल्लाको बिकास गरेरै छाड्छु ।’
    कार्यक्रममा सम्बोधन गर्दै थापाले प्युठान नगरपालिका देखि झिमरुक गाउँपालिका हुँदै गौमुखीसम्मको जिल्लाकै पुरानो स

    डक भएतापनि गति अगाडि नबढेकोले अब पहुँच मार्ग अन्तर्गत बाग्दुला मच्छी सडकको स्तरोन्तीका लागी ७५ लाख रुपैया बजेट विनियोजन गरी काम अगाडी बढ्को र यो सडक बहुबर्षिय योजना अन्तर्गत ५ करोड रुपैया बिनियोजन हुने बताउनुभयो ।
    कार्यक्रममा बोल्दै नेताहरु पदका लागी लड्पनि कार्यकर्ताहरु एक जुट हुन पनि आग्रह गर्नुभयो ।

    उहाँ यसभन्दा पहिला डिल्ली बहादुर चौधरी नेतृत्वको सरकारमा उद्योग,पर्यटन तथा यातायात मन्त्री बनेका थिए । लुम्बिनी प्रदेशमा रोज राणाको नेतृत्वमा नेपाली कांग्रेस सत्ता साझेदार बनेको छ । मन्त्री थापाले कार्यक्रमका विचमा १ सय ७ जना युवाहरुलाइ नेपाली कांग्रेसमा प्रवेश गराउनुभएको छ ।

     

     

     

     



    mandavionline mandavionline    
  • ३१ भाद्र २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP