logo

  • २९ बैशाख २०८२, सोमबार | Mon, 12 May 2025

  •      Listen Radio Live

    नौबहिनी गाउँपालिकाले भोलि प्रथम चौमासिक सार्वजनिक सुनुवाइ गर्ने

    नौबहिनी गाउँपालिकाले भोलि प्रथम चौमासिक सार्वजनिक सुनुवाइ गर्ने

    रविन विश्वकर्मा,प्युठान । नौबहिनी गाउँपालिकाले प्रथम चौमासिक सार्वजनिक सुनुवाई एवं अर्धवार्षिक समिक्षा कार्यक्रम भोलि गर्ने भएको छ । माघ २५ गते ८ नंम्बर वडा कार्यालय फोप्लीमा कार्यक्रम गर्ने गाउँपालिकाले जनाएको छ ।गाउँपालिकाको चालु आर्थिक वर्ष ०८१/०८२ को स्वीकृत बजेट, नीति, योजना तथा कार्यक्रम, समग्र सेवा प्रवाह तथा हाल सम्म गाउँपालिकाबाट सम्पादन भएका कामहरुको बारेमा आम नागरिकलाई जानकारी गराउने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवराज पौडेलले जानकारी दिनुभयो ।

    विहान ११ बजेबाट सुरु हुने कार्यक्रममा जनप्रतिनिधि, सम्पूर्ण राजनैतिक दल, उपभोक्ता समितिका पदाधिकारीहरु, आम संचार माध्यमका प्रतिनिधिहरु, नागरिक समाज एवं स्थानीय बुद्धिजिवी सहित सरोकारवाला सबैलाई उपस्थित भई गाउँपालिकाको विकास निर्माण, सेवा प्रवाह, कार्य सम्पादन लगायतका बिभिन्न सवालमा जनताका चासो, गुनासो राख्न गाउँपालिकाले आग्रह गरेको छ ।



    mandavionline mandavionline    
  • २४ माघ २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP