logo

  • ४ असार २०८२, बुधबार | Wed, 18 Jun 2025

  •      Listen Radio Live

    तेस्रो मल्लरानी खाना महाेत्सवकाे आम्दानी-खर्च सार्वजनिक 

    तेस्रो मल्लरानी खाना महाेत्सवकाे आम्दानी-खर्च सार्वजनिक 

    रविन विश्वकर्मा,प्युठान । तेस्रो मल्लरानी खाना महाेत्सवकाे आम्दानी-खर्च सार्वजनिक गरिएको छ । मल्लरानी पर्यटन प्रवर्द्वनका लागि २०८१ चैत ३१ गते देखि २०८२ बैशाख २ गते सम्म संञ्चालन गरिएको महाेत्सवकाे अाय ब्यय शनिबार एक कार्यक्रमका बिच सार्वजनिक गरिएकाे हाे ।

    प्यूठान उद्योग बाणिज्य संघ मल्लरानी बजार क्षेत्रका कोषाध्यक्ष लक्ष्मण श्रेष्ठले महाेत्वसकाे अाय ब्यय सार्वजनिक गर्दै अाम्दानी ९ लाख ४७ हजार १ सय ८७ रुपैयाँ र खर्च ७ लाख ४९ हजार ३ सय १९ रुपैयाँ रहेको बताउनुभयो ।

    केही रकम उठ्न बाँकी रहेको जानकारी दिदै महोत्सवको कुल खर्च कटाएर १ लाख ९७ हजार ८ सय ६८ रुपैयाँ बचर रहने उहाँले बताउनुभयो ।

    प्यूठान उद्योग बाणिज्य संघ मल्लरानी बजार क्षेत्रकाे अायाेजनामा नयाँ बर्षकाे अवसरमा ३ दिन सम्म खाना महाेत्वस संञ्चालन गरिएको थियाे । खाना महाेत्सवले मल्लरानीकाे प्रचार प्रसार तथा पर्यटन प्रवर्द्वनमा महत्त्वपूर्ण टेवा पुगेको मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले  बताउनुभयाे ।

    विभिन्न सरकारी तथा गैरसरकारी संस्था, कम्पनी, समुह, सहकारी र ब्यत्तित्वहरुको सहयोगमा महोत्सव सम्पन्न गर्न सफल भएको मल्लरानी बजार क्षेत्रका अध्यक्ष भरत कुमार श्रेष्ठले बताउनुभयो । महोत्सव संञ्चालनमा भएका कमि कमजोरीलाई अात्मसाथ गर्दै सुधार गरि अागामि दिनमा अझै ब्यवस्थित रुपमा संञ्चालन गर्ने प्रतिवद्वता जनाउनुभयाे ।

    अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको सार्बजनिक कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काको प्रमुख आतिथ्यता, प्यूठान उद्योग बाणिज्य संघमा निवर्तमान अध्यक्ष पशुपति नारायण नकर्मी, संघका कोषाध्यक्ष कुमार श्रेष्ठ लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

     



    mandavionline mandavionline    
  • १८ जेष्ठ २०८२ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP