जिल्ला विपद व्यवस्थापन समिति प्युठानको बैठक जिल्ला समन्वय समितिको सभाहलमा आज सम्पन्न भएको छ। समितिको बैठकमा आगलागीका घटनाहरू न्यूनीकरण गर्नका लागि विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने सूचनाहरू प्रवाह गर्ने निर्णय भएको छ। भने मनसुनजन्य विपदहरूबाट बच्नको लागि सबै स्थानीय तहहरूले बिपद प्रतिकात्मक योजना बनाउने , स्थानिय आपतकालिन सेवा केन्द्र सकृय बनाउने निर्णय भएको छ ।
बिपदमा रहेका र लामो समयसम्म राहात तथा ब्यबस्थापन नभएका पिडितहरुको वास्तविक पिडितको स्थानिय तहगतरुपमा पहिचान गरी जिल्ला स्तरिय बिपद् ब्यबस्थापनको बैठकले निर्णय गरि आबश्यक्ताका आधारमा सिफारिस गर्ने जिल्ला बिपद् ब्यबस्थापन समिति सम्योजक तथा प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रर्साईले बताउनु भएको छ ।
बैठकमा सरुमारानि र माण्डबि गाउपालिकामा प्रतिबद्द परियोजनाले बिपद् ब्यबस्थापनका क्षत्रमा गरेका असल अभ्यासबारे प्रस्तुतिकरण राखिएको थियो । परियोजनाले बिपद् प्रभाव पुर्बतयारी , जोखिमयुक्त स्थानको पहिचान गरी जोखिम न्युनिकरणका लागि टोलबिकास समुहमा क्षमता बिकास , जनचेतना , स्वयंसेवक परिचालन , बिपद् सम्भावना रहेको समयमा माइकिङ गर्ने जस्ता कृयाकलाप सन्चालन गरिको परियोजना प्युठानका पुर्बकार्य सम्योजक सविन नेपालले जानकारी गराउनु भएको छ ।
बैठकले ऐरावति छेडाघाटका आगोलागि पिडितकालागि अस्थायी आभास निर्माणका लागि पहिलो किस्ता रकम माग गर्ने निर्णय समेत गरेको छ । बैठकमा जिल्ला समन्वय समितिका प्रमुख धरम बहादुर जिसिले आगलागि नियन्त्रण तथा अब बर्षातको समयमा हुने मनसुनजन्य विपद् ब्यबस्थापनका लागि सबै हातेमालो गर्नुपर्ने बताउनु भएको छ ।
प्रतिक्रिया