logo

  • २९ बैशाख २०८२, सोमबार | Mon, 12 May 2025

  •      Listen Radio Live

    सहिद मित्रमणि आचार्यको ४० औं स्मृती दिबश, शालिकमा माल्यार्पण गरि मनाइयो

    सहिद मित्रमणि आचार्यको ४० औं स्मृती दिबश, शालिकमा माल्यार्पण गरि मनाइयो

    सहिद मित्रमणि आचार्यको ४० औं स्मृती दिबश को अवसरमा बिजुवारमा रहेको सहिद आचार्यको शालिकमा माल्यार्पण गरिएको छ । राष्ट्रिय जनमोर्चाको बिद्यार्थी संगठन अखिल छैठौको आयोजनामा सहिद आचार्यको शालिकमा माल्यार्पण गरिएको हो ।
    २०४२ साल बैशाख १८ गते अर्थात आजकै दिन आचार्यको चितवनमा निर्ममता पुर्वक हत्या गरिएको थियो । २०१९ साल असार ३ गते जन्मनुभएका आचार्यको २३ बर्षको उमेरमा हत्या गरिएको थियो । पञ्चायती ब्यवस्था बिरुद्ध आवाज उठाएको भन्दै पञ्चायत सरकारले सहिद आचार्यको हत्या गरेको थियो । सहिद आचार्यको स्मृती दिबशको अवसरमा भएको कोण शभामा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदश्य कृष्ण बहादुर खड्का, नेकपा मसालका लुम्वीनी प्रदेश प्रवक्ता तिलक जि.सी., अखिल छैठौका केन्द्रिय अध्यक्ष सुवास जिसी लगाएतले शभालाइ सम्बोधन गर्नुभएको थियो ।
    शभालाइ सम्बोधन गर्ने बक्ताहरुले सहिद आचार्य निष्ठावान र निडर ब्यक्ति भएको र उहाको योगदान अतुलनिय रहेको बताएका छन् । शभामा बोल्ने बक्ताहरुले संघियता खारेजीको माग समेत गरेका छन् । अखिल नेपाल टे«ड यूनियन अन्टुकका जिल्ला कोषाध्यक्ष गोपाल केसीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।



    mandavionline mandavionline    
  • १८ बैशाख २०८२ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP