logo

  • २१ जेष्ठ २०८३, बिहीबार | Thu, 04 Jun 2026

  •      Listen Radio Live

    यात्रु र सवारी चालकहरुलाई ट्राफिक सचेतना

    यात्रु र सवारी चालकहरुलाई ट्राफिक सचेतना

    सडक सुरक्षालाई मध्यनजर गर्दै प्यूठानमा ट्राफिक प्रहरीले सचेतनामुलक कार्यक्रम संचालन गर्दै आएको छ । अस्थायी ट्राफिक प्रहरी पोष्ट बिजुवारको अगुवाईमा बाग्दुला, बिजुवार, जुम्री, खलंगा लगायत क्षेत्रमा सचेतनामुकल कार्यक्रम गरिएको हो ।

    बिभिन्न स्थानहरुमा सडक दुर्घटना न्यूनीकरणको लागि मोडहरुमा कन्भेन्स मिरर, जेब्रा क्रसिङ, ट्राफिक सचेतनामुलक कार्यक्रम गरिएको अस्थायी ट्राफिक प्रहरी पोष्ट खलंगाका प्रहरी जवान कपिल एमसि जानकारी दिनुभयो ।
    जिल्लाका बिभिन्न बजार क्षेत्र, यात्रुको चाप हुने स्थानहरुमा जेब्रा क्रसिङको प्रयोग, ट्राफिक सचेतना र बिभिन्न स्थानमा सडक बोर्डहरु राखिएको प्रहरी जवान एमसिले बताउनु भयो ।


    जिल्ला ट्राफिक कार्यालय र बिभिन्न स्थानिय तहहरु तथा सडक डिभिजन कार्यालय प्यूठानको सहयोगमा सचेतनामुलक कार्यहरु गरिएको उहाँले बताउनुभयो ।
    सडक दुर्घटना न्यूनीकरणका लागि यात्रु र सवारी चालकहरुलाई ट्राफिक सचेतना सम्बन्धि प्रशिक्षण दिइएको छ ।



    mandavionline mandavionline    
  • २१ जेष्ठ २०८३ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP