logo
  • २७ माघ २०८१, आईतवार | Sun, 09 Feb 2025

  •      Listen Radio Live

    सरुमारानीमा प्रधानमन्त्री रोजगार कार्यक्रममा छनौट भएकाहरुलाई सुरक्षा सामाग्री प्रदान

    सरुमारानीमा प्रधानमन्त्री रोजगार कार्यक्रममा छनौट भएकाहरुलाई सुरक्षा सामाग्री प्रदान

    रविन विश्वकर्मा, प्युठान । सरुमारानी गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममा छनौट भएका ब्यक्तिहरुलाई सुरक्षा सामाग्री वितरण वितण गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०८१/ ०८२ को लागि वडा नंम्बर १ देखि ६ सम्मका रोजगारीमा छनोट भएका ६६ जनालाई सुरक्षा  सामाग्री वितरण गरिएको गाउँपालिका रोजगार संयोजक तेजेन्द्र भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार २०८१/०८२ को प्रधानमन्त्री रोजगार कार्यक्रममा वडा नंम्बर १ बाट ८ जना, २ नंम्बर वडाबाट ६ जना, ३ नंम्बर वडाबाट २५ जना, ४ नंम्बर वडाबाट ८ जना, ५ नंम्बर वडाबाट १३ जना र वडा नंम्बर ६ बाट ७ जना गरी ६६ जना छनौट भएका छन् । प्रत्येक वडामा रोजगार उपभोक्ता समितिलाई अभिमुखिकरण दिनुका साथै छनौट भएका सबैलाई काम गर्दा हातमा लगाउने पन्जा, हेल्मेट, ज्याकेट, बुट, प्राथमिक उपचार बक्स लगायतका आवश्यक सुरक्षा सामाग्री प्रदान गरेको रोजगार संयोजक भण्डारीले जानकारी दिनुभयो ।


    छनोट भएका ब्यक्तिहरुले सय दिनको रोजगारी पाउनेछन् । प्रधानमन्त्री रोजगार कार्यक्रमको मापदण्ड अनुसार बेरोजगार ,गरिब, अति विपन्न, एकल असहाय महिला, आदिवासी, जनजाति, दलित तथा सीमान्तकृत समुदायका नागरिकलाई प्राथमिकता दिएर रोजगारीमा सामावेश गरिएको रोजगार सहायक गौरव खनालले बताउनुभयो । वडा तथा गाउँपालिकाले सिफारिस गरेको योजना अन्तर्गत सडक मर्मत, गोरेटो बाटो, कुलो निर्माण, बिद्यालय निर्माण लगायतका लगायतका काम बताउनुभयो । काम गरे बापत प्रतिश्रमिकले प्रतिदिनको ६ सय ६८ रुपैंया ज्याला पाउने छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि चालु आर्थिक बर्षमा ४३ लाख ५२ हजार रुपैंया बजेट विनियोजन भएको गाउँपालिकाले जनाएको छ ।



    mandavionline mandavionline    
  • १७ माघ २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP