logo

  • २८ बैशाख २०८२, आईतवार | Sun, 11 May 2025

  •      Listen Radio Live

    लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री थापालाई प्यूठानमा भव्य स्वागत

    लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री थापालाई प्यूठानमा भव्य स्वागत

    रविन विश्वर्मा,प्यूठान ।

    नेपाली कांग्रेस प्यूठानले लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा) लाई स्वागत गरेको छ । दोश्रो पटक मन्त्री बने पछि थापालाई पाटीले आज जुम्रीमा एक कार्यक्रमको आयोजना गरि बधाई, सम्मान तथा स्वागत गरेको हो । दोश्रो पटक मन्त्री बनेपछि पहिलो पटक प्युठान आउनु भएका मन्त्री थापालाई पार्टी, पालिका, ६४ वडाका सभापति तथा कार्यकर्ता, भातृ संगठन, सुबेच्छुक संस्थाहरुले टिका, खादा, माला लगाएर बधाई, सम्मान तथा स्वागत गरेका हुन् । साथै उनको स्वागतको लागि बाजागाजा सहित चकचकेदेखि जुम्री सम्म ¥याली समेत गरिएको थियो ।

    मन्त्री थापाले जिल्लामा सञ्चालित तथा आबश्यक योजनाका बिषयमा पार्टीका वडा तहसम्मका नेताहरुसगँ छलफल गरेका थिए । छलफलमा जिल्लाको खानेपानीको समस्या, बजेट अभावमा अलपत्र परेका बिभिन्न खानेपानी आयोजनाहरु, बाग्दुला बाहाने, बाग्दुला मच्छी ठुलाबेशी सडकको स्तरोन्नीसंगै कालोपत्रे गनुपर्ने लगायतका अन्य महत्वपुर्ण बिषयहरु उठान गरिएको थियो।
    मन्त्री थापाले छलफलमा उठेका बिषयहरुलाई सम्बोधन गदै जिल्लामा देखिएका शहरी विकास, खानेपानी तथा विभिन्न आयोजनागत समस्याहरुलाई समाधान गर्ने गरी काम गर्ने बताउनुभयो ।

    जिल्लाको खानेपानी बिषयमा बिभिन्न जनगुनासोहरु आइरहेकाले जिल्लामा संञ्चालन भई बजेट अभावमा सम्पन्न हुन नसकेका खानेपानी आयोजनाहरुको एकिन विवरणहरु संकलन गरी बजेटको ब्यवस्थापन गर्दै अगाडि बढाउने बताउनुभयो । यस्तै बाग्दुला बाहाने, बाग्दुला मच्छी ठुलाबेशी सडक लगायत अन्य सडकहरुको स्तरोन्नीसंगै कालोपत्रेको लागि पहल गर्ने बताउनुभयो । थापाले जनताको ईच्छा, चाहाना तथा आवश्यकताको आधारमा बस्ती तथा वडा स्तरबाट योजना छनौट गरी निष्पक्ष एवम् पार्दशी रुपमा प्राथमिकताको आधारमा काम कार्वाहीलाई अगाडि बढाउन सरोकारवाला निकायलाई आग्रह गर्नुभयो ।

    पार्टी सभापति बिष्णु कुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री एवम् सरोज थापाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा लुम्बिनी प्रदेश सांसद धनलक्ष्मी श्रेष्ठ, जिल्ला समन्वय समितिका प्युठानमा प्रमुख धरम बहादुर जिसी, दुवै क्षेत्र, पार्टि, पालिका, ६४ वडाका सभापति तथा कार्यकर्ता, भातृ संगठन, सुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । नेपाली काग्रेस प्यूठानका उपसभापति देबेन्द्र बर्माले स्वागत मन्तब्य राखेको कार्यक्रमको संञ्चालन पार्टीका सहसचिव प्रमोद पाख्रेलले गरेका थियो ।



    mandavionline mandavionline    
  • ३१ भाद्र २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP