रविन विश्वकर्मा,प्युठान । राष्ट्रिय दलित पत्रकार संघ नेपालको स्थापना दिवसको अवसरमा प्यूठानमा रक्तदान गरिएको छ । छैठौं स्थापना दिवसकाे अवसरमा जिल्ला शाखा प्युठानकाे अायाेजनामा नेपाल स्वयंसेवी रक्तदाता समाज प्यूठानको समन्वय तथा आशिका निर्माण सेवाको सहयोगमा अाइतबार रक्तसंञ्चार केन्द्र बिजुवारमा शुभकामना अादान प्रदानसंगै रक्तदान कार्यक्रम गरिएको हाे ।
दिवसकाे अवसरमा ६ जनाले रक्तदान गरेका छन् । स्वर्गद्वारी गाैमुखि यातायात सेवा प्रालि प्युठानका अध्यक्ष चन्द्रमान श्रेष्ठ, राष्ट्रिय दलित पत्रकार संघ नेपाल जिल्ला शाखा प्युठानका सचिव रबिन बिक, केन्द्रीय परिषद सदस्य तथा प्युठान नगरपालिकाका कार्यपालिका सदस्य सुनिल सापकाेटा, प्युठान नगरपालिका ३ का सुनिल हमाल,प्युठान नगरपालिका ४ का प्रकाश अधिकारी,गाेकुल शाहाले रक्तदान गरेकाे राष्ट्रिय दलित पत्रकार संघ प्युठानका अध्यक्ष कमल बि.क.ले जानकारी दिनुभयो ।
‘ रक्तदान नै जीवन हो ’ भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै बिरामीहरुका लागि अावश्यक पर्ने रगतलाई मध्येनजर गर्दै उपचारमा सहयाेग पुर्याउने उदेश्यका साथ रक्तदान कार्यक्रम गरेको उहाँले बताउनुभयो ।
अध्यक्ष कमल बिककाे अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद बस्यालकाे प्रमुख अातिथ्यता तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानका सचिव बासुदेव गिरी, राष्ट्रिय दलित पत्रकार संघ नेपाल लुम्बिनी प्रदेशका उपाध्यक्ष लाेकेन्द्र सुनार,
केन्द्रीय परिषद सदस्य तथा प्युठान नगरपालिकाका कार्यपालिका सदस्य सुनिल सापकाेटाकाे विशिष्टत अातिथ्यता रहेको थियाे । विभिन्न पेशागत संगठनका प्रमुख तथा प्रतिनिधि ,पत्रकार तथा सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियाे ।
प्रतिक्रिया