logo
  • २७ माघ २०८१, आईतवार | Sun, 09 Feb 2025

  •      Listen Radio Live

    ऐरावतीमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

    ऐरावतीमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

    सागर रिजाल, प्युठान । ऐरावती गाउँपालिकामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय प्युठान र जिल्ला प्रहरी कार्यालय प्युठानको आयोजना तथा ऐरावती गाउँपालिका बरौला प्युठानको समन्वयमा आज ऐरावती गाउँपालिका ४ कैरनमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा उपस्थित ब्यक्तिहरुले बिभिन्न बिषयमाथि आफ्ना समस्या, गुनासो तथा प्रश्नहरु राख्नु भएको थियो । उठेका प्रश्न, समस्या तथा गुनासोहरुलाई प्रमुख जिल्ला अधिकारी रमा आचार्य सुवेदी, जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिपेश बस्याल, गाउँपालिका अध्यक्ष नविल विक्रम शाहले सम्बोधन गनुर्भको थियो ।

    कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी रमा आचार्य सुवेदीले नागरिक, प्रशासन र प्रहरीबिचको सम्बन्ध प्रत्यक्ष रुपमा सुमधुर हुनुपर्ने बताउनुभयो । एक अर्काको समन्वय, सहकार्यबाटै जिल्लामा सुशासन कायम राख्न सकिने हुदा नागरिकहरुलाई खुलेर आफ्ना गुनासो तथा समस्या राख्न आग्रह गर्नुभयो । जिल्लामा अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम गर्न, तस्करी, कालो बजारी नियन्त्रण गर्न र हिंसाहरु रोक्नको लागि प्रशासनले ठोस योजना बनाएर अगाडि बढेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी आचार्यले हिंसा जति सहेर बस्यो त्यति नै बढ्दै जाने भएकाले कसैले हिंसा सहेर बस्न नहुने बताउनुभयो ।

    यस्तै ऐरावती गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाहले सुरक्षित समाजको जिम्मेवारी प्रहरीको मात्रै नभई सबै आम नागरिकको पनि रहने बताउनुभयो । समुदाय र प्रहरीसँगको सहकार्यमा काम गर्दै आइरहेको शान्त र सुरक्षित समाजका निमित्त प्रहरी र स्थानीय पदाधिकारीले मात्रै गरेर नहुने हुँदा सो बिषयमा आम नागरिक पनि त्यतिकै सजक रहनुपर्ने उनको भनाई रहेको थियो । अध्यक्ष शाहले प्रहरीले शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा वहन गरेको भूमिकाको प्रशंसा गर्दै प्रहरी कार्यमा स्थानीय निकायको सदैव साथ सहयोग रहने प्रतिवद्दता जनाउनुभयो ।

    जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिपेश बस्याले जिल्लामा शान्ति सुरक्षा कायम गर्न, बिभिन्न प्रकारका अपराध नियन्त्रण गर्न सबैको साथ सहयोग आवश्यकपर्ने बताउनुभयो । प्रहरीको एक्लो प्रयासले मात्रै अपराध न्युनिकरण नहुने भन्दै सबैले आफ्नो क्षेत्रबाट भुमिका खेल्नुपर्ने बताउनुभयो । समाजमा घट्ने हरेक प्रकारका घनाहरुको बारेमा समुदायका नागरिक जानकारी हुने हुदा घटनाहरुको बारेमा ढुक्का साथ प्रहरी प्रशासनलाई जानकारी गराउन आग्रह गर्नुभयो ।
    प्रहरी नायव उपरीक्षक बस्याले प्रशासन, प्रहरी सेवा प्रवाहलाई प्रभावकारी र आम नागरिक माझ पारदर्र्शी एवं सहभागिता अभिवृद्दि गरी प्रशासन, प्रहरी र नागरिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले सुनुवाई कार्यक्रम आयोजना गरिएकोे जानकारी दिनुभयो ।

    ऐरावती गाउँपालिका अध्यक्ष शाहको अध्यक्षतामा भएको कार्यक्रममा ऐरावती गाउँपालिका उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, निमित्त प्रमुख प्रशासकीय अधिकृत बालगोपाल श्रेष्ठ , वडा अध्यक्षहरु तथा जनप्रतिनिधि , टोल विकास समितिका अध्यक्ष तथा प्रतिनिधि , महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य आमा समुहका अध्यक्ष तथा प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।



    mandavionline mandavionline    
  • १७ पुष २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP