logo
  • २७ माघ २०८१, आईतवार | Sun, 09 Feb 2025

  •      Listen Radio Live

    प्यूठानमा फस्टाउदो किबी खेती

    प्यूठानमा फस्टाउदो किबी खेती

    शम्सेरबिक्रम जि.सी, (प्यूठान)
    गौमुखी गाउँपालिका–३ रजवाराका नरेन्द्र बहादुर मल्ल खरा मावी रजवारका शिक्षक हुनुहुन्छ । गाउँ नजिकैको बिद्यालयमा शिक्षण पेशामा आबद्ध नरेन्द्रको पहिलो काम हो बिद्यार्थीलाइ पढाउनु । त्यसबाहेक नरेन्द्रको अर्काेपनि काम छ ।
    बिद्यालय समय सकिएपछि नरेन्द्र कृषि कर्ममा रमाइरहनु भएको छ । बिहान जुरुक्क उठेपछि हातमुख धोइओरी चिया खाएर बारीतिरै लाग्नुहुन्छ । ‘बिहान ५ बजे अघिनै उठिसक्छु, त्यसपछि यताउता घरको काम सकेर बारीमा पुग्छु,’उहाले भन्नुभयो,‘बारीमा किबीको रेखदेख गर्ने लगाएतको काम बिहानभर गर्छु ।’ ९ बजेसम्म किबिको रेखदेख स्यहार सुसार गरेपछि बिद्यालय जान तयारीगर्न तिर लाग्ने उहा बताउनुहुन्छ । साझ स्कुलबाट फर्कियपछि पुन्ह उही कृयाकलाप दोहोरीले बताउनु भयो ।
    ५ बर्षअघि प्यूठानमै पहिलो पटक नरेन्द्रले किबिको ब्यवसायीक खेती सुरु गर्नु भएको हो । हाल करिव २० रोपनी क्षेत्रफलमा नरेन्द्रले किबी लगाउनु भएको छ । ‘गत बर्षबाट फल्न सुरु गरेको छ,’उहाले भन्नुभयो,‘यो बर्ष राम्रो नि फल्यो, बजार पनि राम्रै पायो ।’ उत्पादनसंगै बजारीकरणमा सहज भएपछि नरेन्द्रले यो बर्ष निकै खुसि लागेको प्रतिकृया दिनुभयो । नरेन्द्रले युटुवको सहायतामा किबि खेती सुरु गर्नुभएको थियो । ‘कृषि एप मा किबिको बारेमा हेरेको थिए, त्यसपछि यो त हाम्रोतिरको हावापानीमा हुन्छ लागेपछि थप खोजी गरे ।’ नरेन्द्रले भन्नुभयो ।

    किबिको खेतीको बिषयमा धेरै ज्ञान नहुदा सुरुवाती समयमा निकै कष्टहरु झेल्नु परेको नरेन्द्र बताउनुहुन्छ । एउटै किबिको बिरुवा दुइ÷चार सय रुपैया हालेर किनेर ल्याइयो, पछि बल्ल थाहाँ भयो बिरुवा त सस्तोमा पाइने रहेछ । उहा भन्नुहुन्छ । किबि खेतीसंगै नरेन्द्रले गाउँमै किबि र अन्य फलफूलको नर्सरी पनि सञ्चालन गर्नुभएको छ । सुरुमा २५ वटा बेर्नाबाट किबि लगाउनु सुरु गरेको उहाले बताउनु भयो । ‘अहिले बारीमा ३÷४ सय बोट छन्,‘किबिको नर्सरी पनि छ, नर्सरीका बेर्ना जिल्ला बाहिर पठाउने गरेको नरेन्द्र बताउनु हुन्छ ।’नरेन्द्रको फर्ममा उत्पादन भएका किबिका बिरुवा जिल्ला बाहिर अर्घाखाची, गुल्मी लगाएतका जिल्लासम्म पुगेका छन् ।

    सुरुदेखी अहिलेसम्म फर्मका लागी १६ लाख रुपैया खर्च भैसकेको उहा बताउनुहुन्छ ।सुरुमा बिरुवा पनि किनेर ल्याए । पछि नर्सरी बनाएर आफै बेर्ना उमारे । उक्त रकम किबिका लागी पिल्लर बनाउने, बेर्ना किन्नेमा खर्च भएको छ । ‘मेरो परिश्रम यसमा जोडिएको छैन्,’उनले भने,‘गत बर्षबाट किबिले फल दिन सुरु गरेको छ ।’ गत बर्ष ४ लाख रुपैया बराबरको किबि बिक्रिबाट आम्दानी भएको थियो । यो बर्ष नरेन्द्रको बारीमा किबी लटरम्म फलेको छ । पुष महिनाको अन्त्यसंगै करिव २० क्वीन्टल किबी बिक्रि भैसकेको बताउनु भयो । मेला महोत्सव र गाउँमा पनि किबि राम्रै बिक्रि भएको छ । फलेको किबिलाई उहाले हातले ग्रेडिङ गर्ने गर्नुभएको छ । तिन ग्रेडको किबि बजारमा दुइ सय देखी तिन सय पचास रुपैयासम्ममा बिक्रि हुने गरेको छ । यो बर्ष करिव २५ क्वीन्टल किबी फलेको नरेन्द्र बताउनुहुन्छ । फलेको सबै किबि बिक्री भए त्यसबाट ७ लाख रुपैया आम्दानी हुने नरेन्द्रको दावी छ ।

    रजवाराकै गोबद्धन थापा मगरले पनि ८ रोपनी क्षेत्रफलमा किबि खेती गर्नुभएको छ । २०७६ सालमा २० वटा किबिका बेर्ना लगाएर ब्यवसायीक रुपमा किबि खेतीगर्न सुरु गर्नुभएका थापामगरको बारीमा यो बर्ष ३ क्वीन्टल किबि फलेको थियो । बारीमा पहिलो पटक फलेकाले यसको महत्व निकै रहेको थापामगर सुनाउनुहुन्छ । बजार पाइदैन कि भनेर सस्तोमसबै किबि बेचिसकेको उहाले बताउनु भयो । थापाले यो बर्ष किबि बिक्रि गरेर ७०÷७५ हजार रुपैया कमाउनु भएहो छ ।

    प्यूठानमा गौमुखी गाउँपालिकाको रजवारामा मात्रै ब्यवसायीक किबि खेती हुदै आएको छ । जिल्लामा यो बर्ष ३० क्वीन्टलसम्म किबि फल्ने अनुमान गरिएको एकिकृत कृषि तथा पशुपंक्षी बिकास कार्यालय प्यूठानका निमित्त प्रमुख उमेश चन्द्र श्रेष्ठले बताउन भयो । जिल्लामा पहिलो पटक नरेन्द्र मल्ल किसानले किबिको ब्यवसायीक खेती सुरु गर्नुभएको थियो । पछि थ्त्यहिबाट अन्यत्र पनि किबि बिस्तार भएको छ । ब्यवसायीक काम गर्ने किसानलाइ किबि प्रवद्धन कार्यक्रम अन्र्तगत प्राविधिक र आर्थिक सहयोग गर्ने गरिएको कार्यालयले जनाएको छ । बाली बिशेष प्रवद्धन कार्यक्रमका लागी गत आर्थिक गौमुखी गाउँपालिका ३ को सुमन कृषि, फलफूल तथा नर्सरीलाइ१ लाख रुपैया अनुदान उपलब्ध गराएको निमित्त कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

    गौमुखी गाउँपालिकाले पनि गाउँपालिका भित्र उत्पादन भएका कृषि उपजको बजारीकरणका लागी निशुल्क यातायातको ब्यवस्था मिलाएको छ । बजारीकरणका लागी कृषि एम्बुलेन्स सञ्चालन गरिएको छ । हाटबजारको पनि ठुलाबेसीमा काम भैरहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तुल्सिराम पौडेलले बताउनु भयो ।



    mandavionline mandavionline    
  • २८ पुष २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP