logo

  • २१ जेष्ठ २०८३, बिहीबार | Thu, 04 Jun 2026

  •      Listen Radio Live

    गोरुलाई कुटपिट गर्ने ब्यक्ति पक्राउ

    गोरुलाई कुटपिट गर्ने ब्यक्ति पक्राउ

    प्यूठानमा गोरुलाई कुटपिट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको गौमुखी गाउँपालिका १ अर्खाका ३६ बर्षिय जालीराम थापामगरलाई प्रहरीले पक्राउ गरेको हो । आफ्नै खेतबारीमा गोरु लिइ जोत्ने क्रममा गोरु बसेपछि गोरुको नामखुख माटोमा गाडी कुटपिट गरेको भन्दै सामाजिक संजालमा भिडियो भाइरल भएपछि प्रहरीले थापामगरलाई पक्राउ गरेको हो । सामाजिक संजाल फेसबुक र टिकटकमा भिडियो पोष्ट गरेको र त्यसैका आधारमा अनुसन्धान गर्दा पशुपक्षीलाई निर्दयी ब्यवहार गरेको भन्दै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरिक्षक तथा सुचना अधिकारी हरि भट्टराईले जानकारी दिए ।
    जिल्ला प्रहरी कार्यालय प्यूठानले पक्राउ परेका थापामगरलाई पशुपक्षि प्रति निर्दयी ब्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रहरी कार्यालय प्यूठानबाट पाच दिनको म्याद थप गरि थप अनुसन्त्रधान अघि बढाएको छ ।



    mandavionline mandavionline    
  • २१ जेष्ठ २०८३ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP