logo

  • २८ बैशाख २०८२, आईतवार | Sun, 11 May 2025

  •      Listen Radio Live

    फलफूल र तरकारीमा प्यूठान नगरपालिकाले उठाउन थाल्यो कर

    फलफूल र तरकारीमा प्यूठान नगरपालिकाले उठाउन थाल्यो कर

    प्यूठान नगरपालिकाले नगरपालिका बिहिरबाट आउने तरकारी तथा फलफूलमा कर लिन सुरु गरेको छ । आर्थिक बर्ष २०८१÷०८२ को पहिलो नगरशभाले नगरपालिका भित्रने सबैखाले फलफूल तथा तरकारीमा कर लिने निर्णय गरिएको र बिहिबारदेखी कर उठाउन सुरु गरिएको प्यूठान नगरपालिकाका प्रवक्ता सुमन श्रेष्ठले जानकारी दिनुभयो ।

    प्रतिकेजी २० पैसाका दरले कर लिने निर्णय नगरपालिकाले गरेको छ । प्रवक्ता श्रेष्ठका अनुसार तरकारी तथा फलफूलको आयात कम गर्न र नगरपालिका भित्रकै किसानलाइ कृषिमा जोड्न आयातमा करको ब्यवस्था गरिएको हो । नगरपालिकाको प्राथमिकता भनेको जिल्ला बाहिरबाट आउने तरकारी तथा फलफूलको आयात रोक्ने नै हो । हालको निर्णयले अन्तरपालिकाको आयातमा पनि कर लाग्ने छ । प्यूठान जिल्लाकै अन्य स्थानिय तहबाट फलफूल तथा तरकारी प्यूठान नगरपालिकामा आए त्यसको पनि कर लाग्ने प्रवक्ता श्रेष्ठले बताउनु भयो ।



    mandavionline mandavionline    
  • १८ बैशाख २०८२ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP