रविन विश्वकर्मा,प्युठान ।
प्युठान नगरपालिकाले प्रथम भित्रीकोट महोत्सव संचालन गर्न दिएको अनुमती रद्द गरेको छ। जिउ धनकाे असुरक्षा, जनगुनासाे तथा विभिन्न घटनालाई मध्येनजर गर्दै भाेलि पुष १६ गते देखि लागु हुने गरि प्यूठान उद्योग बाणिज्य संघ,प्युठान नगर बजार क्षेत्रलाई दिएको महोत्सव सञ्चालनको अनुमती रद्द गरेको हाे ।
आयोजकले महोत्सव सञ्चालनको समयावधि समेत ख्याल नगरी मेला सञ्चालन गरेकाे र त्यसको प्रभाव सडक दुर्घटना तथा महोत्सव स्थलमै दर्शकको ज्यान जाने अवस्था सिर्जना भए पछि शान्ति सुरक्षालाई मधयनजर गर्दै अनुमती रद्द गरिएको प्यूठान नगरपालिकाका प्रमुख बिष्णु योगीले जानकारी दिए।
महोत्सव हेर्न आएका मल्लरानी ४ बासखाेलाका ७७ बर्षिय रामचन्द्र शाहको आईतबार बेलुकी पौने ७ बजे मोटरसाइकलको ठक्करबाट निधन भएको थियो भने अाज शोमबार महोत्सव स्थलमै प्यूठान नगरपालिका १ ढाँडका ५५ बर्षिय कमल नेपालीको मृत्यु भएपछि सुरक्षा अवस्थालाई मध्यनजर गर्दै महोत्सवको अनुमति रद्द गरिएकाे हो । साथै मेलामा अन्य ब्यवस्थापन समेत ब्यवस्थित नभएको जनगुनासाे बढेकाे नगर प्रमुख याेगिले बताए।नगरपालिकाले प्यूठान उद्योग बाणिज्य संघ,प्युठान नगर बजार क्षेत्रकाे अायाेजनामा भएकाे महाेत्सव पुष ५ देखि १७ गते सम्म संञ्चालन गर्न यश अघि अनुमति दिएकाे थियाे । हिजो र आज भएको घटनाको बिषयमा आयोजकले बिज्ञप्ति सार्बजनिक गरि दुख व्यक्त गरेको छ ।
प्रतिक्रिया