logo

  • ३० बैशाख २०८२, मंगलवार | Tue, 13 May 2025

  •      Listen Radio Live

    चाडपर्वलाई लक्षित गरी प्युठानमा यात्रु सहायता कक्ष स्थापना

    चाडपर्वलाई लक्षित गरी प्युठानमा यात्रु सहायता कक्ष स्थापना

    रविन विश्वकर्मा,प्यूठान । प्यूठानमा चाडपर्वलाई लक्षित गरी यात्रु सहायता कक्ष स्थापना गरिएको छ । बडा दशैं, तिहार तथा छठ चाडपर्वलाई लक्षित गरी जिल्लाका ३ स्थानमा यात्रु सहायता कक्ष संञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय प्युठानको संयुक्त आयोजनामा जिल्लाको सरुमारानी गाउँपालिका ४ बड्डाँडा, माण्डवी गाउँपालिका ३ चकचके र प्यूठान नगरपालिका ३ जुम्रीमा यात्रु सहायता कक्ष संञ्चालन गरिएको हो ।

    चाडपर्वमा जिल्ला भित्रिने तथा बाहिरिने यात्रु तथा सर्वसाधारणलाई कुनै समस्या पर्न नदिन सहजाका लागि सहायता कक्ष सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख तथा प्रहरी नायब उपरीक्षक दिपेश बस्यालले जानकारी दिनुभयो । चाडपर्वमा यात्रु आवत जावतको क्रममा भिडभाड हुने, बढी भाडा लिने, चोरी तथा लुटपाट, जुवातास, मादक पदार्थ लागू औषधको सेवन गरी होहल्ला गर्ने, सवारी दुर्घटना नियन्त्रण, सवारी साधनमा हुन सक्ने यौन दुर्व्यवहार तथा यात्रु ठगिने कार्यलाई नियन्त्रण गर्न जिल्लामा कक्ष स्थापना सहितको सुरक्षा योजना बनाएको बताउनुभयो ।

    ३ वटै सहायता कक्षमा २४ सै घण्टा प्रहरी र ट्राफिक प्रहरी सहीतको टोली खटाइएको छ । अपलपत्र तथा समस्यामा परेका यात्रुहलाई खटिएका टोलीले आवश्यक सहायता गर्ने र गन्तब्य सम्म पु¥याउन सहजिकरण गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय प्युठानका प्रमुख सरद केसीले बताउनुभयो । साथै यात्रु सहायता कक्ष सञ्चालन सँगै नागरिक मैत्री वातावरण र सचेतनाका कार्यक्रम अन्र्तगत दुर्घटना न्युनिकरणका लागी पर्चा, पम्पलेट वितरण गर्ने केसीले बताउनुभयो । हाल सञ्चालनमा ल्याइएको यात्रु सहायता कक्ष दशै, तिहार र छठ पर्व अवधी भरि यथावत रहने छ ।



    mandavionline mandavionline    
  • १७ आश्विन २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP