logo
  • २७ माघ २०८१, आईतवार | Sun, 09 Feb 2025

  •      Listen Radio Live

    मन्त्री ज्यू, बाग्दुला–मच्छी सडक कहिले बन्छ ?

    मन्त्री ज्यू, बाग्दुला–मच्छी सडक कहिले बन्छ ?

    शम्सेरबिक्रम जि.सी (मच्छी)
    मच्छी । बाग्दुला, मच्छी सडकखण्ड अन्र्तगतका सर्वसाधारणले बाग्दुला मच्छी ठुलाबेसी सडक कालोपत्रे गरिदिन आग्रह गरेका छन् । लुम्वीनी प्रदेशका सहरी बिकास तथा खानेपानी मन्त्रीलाई भेटि उनीहरुले बाग्दुला,मच्छी सडकखण्डमा यात्रा गर्न निकै कठिन हुने गरेको भन्दै सडक छिटो कालोपत्रे गरिदिन आग्रह गरेका हुन् । लामो समय अलपत्र परेको बाग्दुला मच्छी, ठुलाबेसी सडकको निरिक्षण तथा मतदातासंग भेटघाट गर्ने कार्यक्रम अन्र्तगत १३ किलोमिटर पैदल यात्रामा निस्किएका थापासंग मतदाताले बाग्दुला, मच्छी सडकखण्ड स्तरोन्नती भए प्यूठानको उत्तर पुर्वी भेगका झिमरुक गाउँपालिका,गौमुखी गाउँपालिका तथा छिमेकी जिल्ला गुल्मी र बाग्लुङलाइ एक आसपमा जोड्ने छ । यो सडकखण्डले पुर्व पश्चिम राजमार्गलाई मध्यपहाडी लोकमार्गसम्म जोड्न काम गर्छ ।

    एक दशकदेखी सडकखण्डमा बिस्तारको चर्चा चलेपनि काम नहुदा बर्खामा हिलाम्य हुने र हिउदमा धुलो उडेर हिडिनसक्नु हुने गरेको झिमरुक गाउँपालिका वडा नं. ६ चिसावाङका दधिराम पोख्रेलले गुनासो राखे । जिल्लाको भित्री सडक मध्येको पुरानो सडक हो, तर कसैको चासो गएन, मन्त्री थापालाई भेटी उनले गुनासो राखे । यहाँका मतदाता र यो सडकखण्ड भएर यात्रा गर्ने सबैले सडकको स्तरोन्ती गर्न आग्रह गरेका छन् ।

    पद यात्राका क्रममा भेटिएका मतदाताले बाग्दुला, मच्छी सडकखण्ड स्तरोन्नती गर्न आग्रह गरेको झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोख पोख्रेलले जानकारी दिए । ‘मन्त्री ज्यू को इच्छा पनि सडकको अवस्था अवलोकन गर्ने नै हो,’उनले भने,‘सडकको बिषयमा गाउँपालिकाले पनि पहल गरिरहेको छ ।’ जिल्लाबाट प्रतिनिधित्व गर्ने सबै माननियहरुलाई पहल गरिदिन पनि आग्रह गरेको बताए । झिमरुक गाउँपालिका मार्फत ५ करोड रुपैयामा बतासेडाडादेखी जिमुरखोला सम्म काम सुरु गर्ने गरी काम अघि बढेको बताए ।

    लम्वीनी प्रदेशका सहरी बिकास तथा खानेपानी मन्त्री सरोज थापाले बाग्दुला मच्छी ठुलाबेसी सडक आफ्नै कार्यकालमा कालोपत्रे हुने बताए । बाग्दुला मच्छी सडकखण्डलाई पालिका पहुँच मार्गका रुपमा बिकास गरेर कालोपत्रे गर्नेगरी योजना बनाएको र त्यसका लागी चालु आ.व. मा ५ करोड रुपैया बजेट बिनियोजन गरेको जानकारी दिए । ‘प्यूठानबाट प्रतिनिधित्व गर्ने कुनैपनि नेताले काम गरेनन भन्ने होइन,’उनले भने,‘समय अनुसारको काम पहिले पनि भएको छ, अब सबैसंग शहकार्य गरेर काम गर्छु ।’ संघ, प्रदेश र स्थानिय तह सबैको सहकार्यमा प्यूठानको बिकास गर्ने बताए । ‘मतदाताको मागसडकको स्तरोन्नती नै छ, सरकारले पनि सोहि अनुसार काम गछौ,’मन्त्री थापाले भने,‘सडकको स्तरोन्नतीका लागी प्रदेशले बहुबर्षिय योजना अन्र्तगत राखेर काम गर्दै छौ ।’



    mandavionline mandavionline    
  • २१ पुष २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP