रविन विश्वकर्मा,प्यूठान ।
नौबहिनी गाउँपालिकाले म्याद नाघेका ८४ हजार बढिको अखाद्य बस्तु बरामद गरी नष्ट गरेको छ । मंगलवार गाउँपालिकाको वडा नंम्बर ३, ४, ७ र ८ मा गरिएको बजार अनुगमनका क्रममा भेटिएका म्याद नाघेका करिब ८४ हजार ३ सय ८१ रुपियाँ बराबरको सामान जफत गरि नष्ट गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवराज पौडेलले जानकारी दिनुभयो । बरामद गरिएका सामाग्रिहरु ईलाका प्रहरी कार्यालय बाहाने, उद्योग वाणिज्य संघ बाहाने बजार इलाका, जनप्रतिनिधि, ब्यापारी, स्थानिय लगायतको रोहबरमा नष्ट गरिएको बताउनुभयो । खाद्यान्न, किराना पसल, होटलहरुमा अनुगमन गर्दा, मदिरा , पेय पदार्थ, भुजा, खाने तेल, दालमोठ, चाउचाउ, बिस्कुट, कुरकुरे, मिठाई लगायका म्याद नाघेका सामान भेटिएको र सबै भन्दा बढि म्याद नाघेको मदिरा नष्ट गरिएको प्रमुख प्रशासकिय अधिकृत पौडेलले जानकारी दिनुभयो ।
अनुगमनको क्रममा केहि पसलमा साइन बोर्ड, मुल्य सुची नराखेको, सामानको ब्याज लेबल, बिल जारी नभएको, ब्यवसाय दर्ता नविकरण नगरिएको, एउटा प्रकृतिको व्यवसाय दर्ता गरी विभिन्न सामान बिक्री हुँदै आएको, सामाग्री गोदाम ब्यवस्था उपयुक्त नभएको, पसलमा सरसफाइ नभएको समेत पाइएकाले अनिवार्य रुपमा नेपाल सरकारले तोकेको मापदण्ड अनुसार सबै प्रकृया पूरा गरेर मात्रै पसलहरु संञ्चाल गर्न ब्यवसायिहरुलाई निर्देशन दिएको उनले बताउनुभयो । ठुला ब्यापारीहरुबाट नै गाउँगाउँमा रहेका साना ब्यापारीहरुलाई म्याद नाघेका सामाग्रीहरु बिक्रि वितरण गर्ने गरेको पाइएकाले ब्यवसाय तथा उपभोक्ताहरुई मिति हेरेर मात्रै सामान खरिद गर्न सचेत गराएको पौडेलले बताउनुभयो ।
अहिलेको अनुगमनमा ब्यवसायीलाई सबै प्रकृया पूरा गर्न सल्लाह, सुझाब दिएको र अर्काे पटकको अनुगमनमा यदि प्रकृया पूरा नगरेको र आम जनताको स्वास्थ्य माथि खेलवाड गदै म्याद नाघेका बस्तु बिक्रि वितरण गरे जरिवाना गरिने बजार अनुगमन समितिका संयोजक तथा गाउँपालिकाका उपाध्यक्ष बिष्णा थापाको भनाइ छ । “गाउँपालिकाका अधिकांस बजार तथा पसलहरूको नियमित अनुगमन गर्ने कार्यतालिका अनुसार ४ वटा वडामा अनुगमन गरेका छौं, बाँकि रहेका अन्य वडाहरुमा दशै अघि सम्म अनुगमन गछौं ” उपाध्यक्ष थापाले भन्नुभयो ।
प्रतिक्रिया