logo

  • ४ असार २०८२, बुधबार | Wed, 18 Jun 2025

  •      Listen Radio Live

    राष्ट्रिय दलित पत्रकार संघ स्थापना दिवसकाे अवसरमा प्युठानमा रक्तदान

    राष्ट्रिय दलित पत्रकार संघ स्थापना दिवसकाे अवसरमा प्युठानमा रक्तदान

    रविन विश्वकर्मा,प्युठान।राष्ट्रिय दलित पत्रकार संघ नेपालको छैठौं स्थापना दिवसको अवसरमा प्यूठानमा रक्तदान गरिएको छ । जिल्ला शाखा प्युठानकाे अायाेजनामा नेपाल स्वयंसेवी रक्तदाता समाज प्यूठानको समन्वय तथा आशिका निर्माण सेवाको सहयोगमा

    अाइतबार रक्तसंञ्चार केन्द्र बिजुवारमा रक्तदान कार्यक्रम गरिएको हाे । दिवसकाे अवसरमा ६ जनाले रक्तदान गरेका छन् ।  ‘ रक्तदान नै जीवन हो ’ भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै बिरामीहरुका लागि अावश्यक पर्ने रगतलाई मध्येनजर गर्दै उपचारमा सहयाेग पुर्याउने उदेश्यका साथ रक्तदान कार्यक्रमकाे अायाेजना गरेको जिल्ला अध्यक्ष कमल बि.क.ले जानकारी दिनुभयो ।

    कार्यक्रममा बाेल्दै प्रमुख अतिथि तथा जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद बस्यालले समाज रुपान्तरणमा राष्ट्रिय दलित पत्रकार संघले महत्त्वपूर्ण भुमिका निर्वाह गरेकाे बताउनुभयो । पत्रकारिता मार्फत दलितहरुका बिषयमा मात्र केन्द्रित भनई उत्पिडित वर्ग, समुदाय, सार्वजनिक चासाे, सवाल तथा मुद्दाहरुलाई सशक्त रुपमा उठान गर्दै सुशासनका निमित्त राज्य र अाम नागरिकलाई सचेत गराएको समेत बताउनुभयो । अध्यक्ष बस्यालले अस्पताल व्यवस्थापन समितिकाे अध्यक्षमा नियुक्ति भएको केही दिन मात्रै भएको उल्लेख गर्दै अस्पतालकाे समग्र बिकास, उपचार सेवालाई थप गुणस्तरीय तथा प्रभावकारी बनाउन सबैसंग सहकार्य गरि समृद्ध अस्पताल बनाउने अभियानमा जुटेकाे बताउनुभयो ।

     

    शुभकामना मन्तव्य राख्दै विशेष अतिथि तथा नेपाल पत्रकार महासंघ प्युठानका सचिव बासुदेव गिरीले निष्पक्ष पत्रकारितामा जाेड दिन अाग्रह गर्नुभयाे । सत्यतथ्य समाचार सम्प्रेषण गरेर जनतालाई सुसूचित गर्ने जिम्मेवार प्रेस जगतकाे धर्म भएकाे उल्लेख गर्दै यसतर्फ सबै पत्रकारहरूको ध्यान जान आवश्यक रहेको बताउनुभयाे ।

    त्यस्तै विशेष अतिथि तथा राष्ट्रिय दलित पत्रकार संघ नेपाल लुम्बिनी  प्रदेशका उपाध्यक्ष लोकेन्द्र सुनारले जिल्ला तथा समग्र पत्रकारिता क्षेत्र  राजनीतिक, सामाजिक, सांस्कृतिकलगायतका हरेक परिवर्तनहरूमा दलित पत्रकारहरुले महत्त्वपूर्ण भुमिका खेलेको बताउनुभयो । पत्रकारिता परिवर्तनको वाहक र राष्ट्र निर्माणको सशक्त तथा प्रभावकारी माध्यम भएको बताउदै कुनै एक बर्गकाे मात्रै नभई साझा विषयहरुमा कलम चलाउन अाग्रह गर्नुभयाे ।

    कार्यक्रमकाे समापन गर्दै अध्यक्ष कमल बिकले धारा,पानी,चुलाेचाैंकाे छाेएकै निहुँमा जातिय विभेदका कारण दलित समुदायमाथि हुने बिभिन्न प्रकारका घटनाहरु अन्त्य हुनुपर्ने बताउँदै दलितहरुका हक, अधिकार संरक्षणका निमित्त सशक्त रुपमा अगाडि बढ्नुपर्ने बताउनुभयाे ।

    कार्यक्रममा विभिन्न पेशागत संगठनका प्रमुख तथा प्रतिनिधिहरुले शुभकामना मन्तब्य राख्नुभएको थियाे । राष्ट्रिय दलित पत्रकार सघं नेपाल जिल्ला शाखा प्युठानका उपाध्यक्ष  बोम बहादुर परियारले स्वागत मन्तव्यबाट राख्नु भएको  कार्यक्रमको सन्चालन सचिब रबिन विश्वकर्माले गर्नुभएको थियाे ।

     



    mandavionline mandavionline    
  • १९ जेष्ठ २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP