logo

  • १ जेष्ठ २०८२, बुधबार | Wed, 14 May 2025

  •      Listen Radio Live

    प्युठानको ‘भित्रीकोट दरबार’ तस्बिर अंकित हुलाक टिकट प्रचलनमा

    प्युठानको ‘भित्रीकोट दरबार’ तस्बिर अंकित हुलाक टिकट प्रचलनमा

    रविन विश्वकर्मा, प्युठान ।प्युठान जिल्लाको ऐतिहासिक पर्यटकीयस्थल भित्रिकोट दरबारको तस्बिर अंकित हुलाक टिकट प्रचलन आएको छ । हुलाक सेवा विभागले ‘भित्रीकोट दरबार’ र ‘पञ्चमार्क मुद्रा’ दुई नयाँ टिकट आजदेखि प्रचलनमा ल्याएको हो । सोमबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले दुई टिकटको आवरणमा टाँचा प्रदान गर्नुभएको छ । हुलाक सेवा विभागले आज सप्ताहव्यापीरुपमा आयोजना गरेको राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा हुलाक टिकट प्रदर्शनी कार्यक्रममा सञ्चार मन्त्री गुरुङले टाँचा प्रदान गर्नुभएको हो ।

    सोमबार देखि लागु हुने गरि १० रुपियाँ मूल्य रहेको दुई टिकट प्रचलन ल्याईएको हुलाक सेवा विभागले जनाएको छ । प्युठान नगरपालिका ४ स्थित ‘भित्रीकोट दरबार’ नेपाल बाइसे र चौविसे राज्यमा विभाजित रहेको समयमा चौविसे राज्य अन्तर्गतको शक्तिशाली राज्यको रुपमा रहेको मानिन्छ भने ‘पञ्चमार्क मुद्रा’ भगवान गौतम बुद्धको राजप्रसाद रहेको प्राचिन कपिलवस्तु तिलौराकोटको खोजअनुसन्धान गरी जमिनबाट उत्खनन् गरिएको ऐतिहासीर्क मुद्रा’ हो ।

    कार्यक्रमलाई सम्बोधन गदै सञ्चार मन्त्री गुरुङले हुलाक टिकटमार्फत समाजको लोपोन्मुख, रैथाने र परम्परागत कला संस्कृतिको जगेर्ना गर्नुपर्ने बताउनुभयो । नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका गुरुङले हुलाक टिकट एउटा कागजको टुक्रा मात्र नभई यसले देशको पहिचान र इतिहासलाई सधै जगेर्ना गर्ने दस्तावेज समेत रहेको बताउनुभयो । साथै उहाँले टिकटमा राजनीतिक गतिविधि र सत्तामा रहेका नेताहरुको बढी टिकट भए पनि मुलुकमा लोपोन्मुख रहेका कला संस्कृति, वनजन्तु, रैथाने जीवनशैलीहरु खोजेर दस्तावेज गर्न छुटेको बताउनुभयो ।

    ऐतिहासिक भित्रीकोट दरबार चौबीसे राज्य अन्तर्गत प्युठानको राजधानी मानिने जिल्लाकै महत्वपूर्ण पर्यटकीय गन्तव्य हो । ऐतिहासिक सम्पदालाई देशभर चिनाउनको लागि राम्रो अवसर प्राप्त भएको प्युठान नगरपालिकाका नगर प्रमुख विष्णु योगीले बताउनुभयो ।हुलाक टिकटको प्रकाशनले भित्रीकोट दरबारको ऐतिहासिक र सांस्कृतिक महत्वलाई देशभर उजागर गर्न मद्दत पुग्ने बताउनुभयो । दरबारसंगै प्युठान नगरपालिका भित्र रहेका महत्वपूर्ण पर्यटकीयस्थलको प्रबद्र्धनको लागि नगरपालिकाले प्राथमिकता दिएको बताउनुभयो ।



    mandavionline mandavionline    
  • ५ फाल्गुन २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP