logo

  • ४ असार २०८२, बुधबार | Wed, 18 Jun 2025

  •      Listen Radio Live

    गणतन्त्र दिवसको अवसरमा महेन्द्र माविका दृष्टिविहीन बालबालिकालाई शैक्षिक सामग्री वितरण

    गणतन्त्र दिवसको अवसरमा महेन्द्र माविका दृष्टिविहीन बालबालिकालाई शैक्षिक सामग्री वितरण

    माण्डवी अनलाइन, प्युठान।  गणतन्त्र दिवस २०८२ को अवसरमा बुधबार जिल्ला सदरमुकाममा अवस्थित महेन्द्र मावि खलंगामा फरक क्षमता भएका दृष्टिविहीन बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ। गणतन्त्र दिवस मूल समारोह समिति प्युठानको आयोजना तथा डिभिजन बन कार्यालय प्युठानको सहयोगमा सम्पन्न कार्यक्रममा विद्यालयको आवासमा बस्दै अध्ययनरत १३ जना दृष्टिविहीन विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री प्रदान गरिएको हो। यस सहयोगले विद्यार्थीहरूको अध्ययनमा प्रत्यक्ष सहयोग पुग्ने आयोजकले विश्वास लिएको छ।

    समारोहमा प्रमुख अतिथिका रूपमा जिल्ला समन्वय समिति प्युठानका प्रमुख, उपप्रमुख प्रमुख जिल्ला अधिकारी,नेपाली सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रमुख,डिभिजन बन कार्यालयका प्रमुख र जिल्ला समन्वय अधिकारीको उपस्थिति रहेको थियो। उनीहरूले कार्यक्रममा उपस्थित भई विद्यार्थीहरूलाई प्रोत्साहन प्रदान गरेका थिए। कार्यक्रममा सहभागी सबै व्यक्तित्वहरूलाई आयोजक संस्थाहरूले आभार प्रकट गरेका छन्।



    mandavionline mandavionline    
  • १५ जेष्ठ २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP