कर्तव्य ज्यान मुद्दामा फरार रहेका प्यूठानका एक प्रतिवादीलाई प्रहरीले ८ वर्षपछि पक्राउ गरेको छ । माण्डवी गाउँपालिका–५ तिग्राका ४२ वर्षीय दिपक सापकोटालाई जिल्ला प्रहरी कार्यालय प्यूठानबाट खटिएको विशेष प्रहरी टोलीले खोजतलासका क्रममा पक्राउ गरेको हो।
प्रहरीका अनुसार सापकोटालाई भदौ १९ गते ऐरावती गाउँपालिका–४ खम्चिबाट पक्राउ गरेको हो। पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय प्यूठानको हिरासतमा राखी घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरि कार्यालय प्यूठानका प्रहरि नायव उपरिक्षक नरहरि अधिकारिले बताए ।
२०७५ जेठ १६ गते झिमरूक गाउँपालिका ८ दिहाल्नाचौरमा भएको झडपमा परि प्यूठान नगरपालिका ८ का नारायण सेढाईको मृत्यू भएको थियो । घटनामा संलग्न अन्य ४ जना फरार छन् ।
प्रतिक्रिया