रविन विश्वकर्मा,प्युठान । नौबहिनी गाउँपालिका ६ बहानेमा सिलाई कटाई र बुटिक सम्बन्धी सीप विकास तालिम सुरु गरिएको छ । नौबहिनी गाउँपालिकाको आयोजनामा आज देखि २ महिने सिलाई कटाइ र बुटिक तालिम संञ्चालन गरिएको हो । पालिकाभित्रका महिलाहरुलाई लक्षित गरि सीप विकास तालिम अन्तर्गत सिलाई कटाई तथा गरिबी निवारणका लागि लघु उद्धम विकास कार्यक्रम अन्तर्गत बुटिक तालिम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।
प्रमुख अतिथि तथा नौबहिनी गाउँपालिका अध्यक्ष दिल बहादुर थापाले तालिमको उद्घाटन गदै सक्रियताका साथ तालिममा सहभागि भई सिप आर्जन गर्न आग्रह गर्नुभयो । स्थानीय बेरोजगार महिलाहरुलाई तालिममार्फ सिप प्रदान गरी स्वरोजगार बनाउने लक्ष्यका साथ तालिम संञ्चालन गरेको उहाँले बताउनुभयो ।
यस्तै विशेष अतिथि एव्म प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले सिप सिकेको ब्यक्ति बेरोजगार बस्न नपर्ने बताउनुभयो । आर्थिक विकाससँगै पालिका र देशलाई समृद्धितर्फ लैजानका लागि सबैले सीप सिक्नुपर्ने बताउनुभयो । प्रशासकीय अधिकृत पौडेलले सिकेको सिप र अवसरलाई सदुपयोग गर्न सके आत्मनिर्भर र स्वोरोजगर बन्न सकिनेमा जोड दिनुभयो ।
बुटिक तालिममा १६ जना र सिलाई कटाई तालिममा १० जना महिलाको रहभागिता रहेको छ । तालिमले ग्रामिण क्षेत्रका महिलाकहरुलाई उद्यमशील र उद्यमी बनाउदै स्वरोजगार तर्फ उन्मुख बनाउन प्रेरित गर्ने ६ नंम्बर वडा अध्यक्ष मान बहादुर के.सीले विश्वास ब्यक्त गर्नुभयो । वडा अध्यक्ष के.सीको अध्यक्षतामा तालिम उद्घाटन सम्पन्न भएको हो ।
प्रतिक्रिया