logo

  • २८ बैशाख २०८२, आईतवार | Sun, 11 May 2025

  •      Listen Radio Live

    कक्षा १२ को परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

    कक्षा १२ को परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकको मंगलबार बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो ।

    राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार कक्षा १२ को परिक्षा निर्धारित मितिमै हुनेछ ।

    शिक्षक तथा कर्मचारीहरुको जारी आन्दोलन र शिक्षामन्त्री विद्या भट्टराईको राजीनामापछि कक्षा १२ को परीक्षा निर्धारित मितिमा हुनेमा शंका गरिएपनि मंगलबार बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा निर्धारित मितिमै गर्ने निर्णय गरेको हो ।

    बोर्डले सम्पूर्ण जिल्लाका परीक्षा समन्वय समिति मार्फत कक्षा १२ को परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन गर्न अनुरोध गरेको छ ।



    mandavionline mandavionline    
  • ९ बैशाख २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP