logo
  • २७ माघ २०८१, आईतवार | Sun, 09 Feb 2025

  •      Listen Radio Live

    भुषबाङ पहिरो रोकथाम तथा नियन्त्रण कार्य तत्काल अगाडि बढाउन माग

    भुषबाङ पहिरो रोकथाम तथा नियन्त्रण कार्य तत्काल अगाडि बढाउन माग

    प्युठान नगरपालिका ९ र १० का स्थानीयले भुषबाङ बाढि पहिरो रोकथाम नियन्त्रण कार्य तत्काल अगाडि बढाउन माग गरेका छन् । बुढदेवी र मजुवा बस्तीमा बाढि आएको ६ महिना पुग्नै लाग्दा समेत पहिरो नियन्त्रणको काम अगाडि बढ्न नसकेको भन्दै स्थानीय बाढि पिडितले काम तत्काल अगाडि बढाउन माग गरेका हुन् । आज प्युठान नगरपालिकाको सभा हलमा भएको ब्यवस्थित पहिरो नियन्त्रण सम्बन्धि छलफलमा उनीहरुले बर्खायाम सुरु हुन अब केही महिना मात्रै बाँकि रहेकाले सम्बन्धित निकायहरुलाई काम अगाडि बढाउन नगरपालिका मार्फत दबाब दिन नगर प्रमुख बिष्णु बहादुर योगीलाई आग्रह गरेका छन् ।
    बुढदेवी र मजुवा बस्तीमा गत साउन १६ गते आएको बाढिले १ बिद्यालय सहित ७ घरमा क्षति गरेको थियो भने १२ घर पहिरोको उच्च जोखिममा छन् । संघिय कार्यक्रम अन्तर्गत निर्वाचन क्षेत्र रणनीतिक सडक योजना अन्तर्गत प्युठानको सदरमुकाम खलंगा, मल्लरानी, पातिहाल्ना, चुजा हुँदै अर्घाखाँचीको गोखुङ्गा जोड्ने सडक निर्माणका क्रममा अव्यवस्थित रुपमा फालिएको ढुंगा माटो बर्खायामको पानीसंगै बग्दा बस्तीमा बाढि पसेको थियो । बाढिले खानेपानी आयोजनाको ट्याङ्कि समेत बगाएको छ भने २ सय रोपनी कृषि क्षेत्रमा लगाएको विभिन्न अन्न बाली समेत नष्ट गरेको थियो ।

    बाढिको मुख्य कारण निर्वाचन क्षेत्र रणनीतिक सडक योजना रहेको स्थानीय बाढि पिडित लिला बहादुर नेपालीले बताउनुभयो । बातावरणीय प्रभाव मुल्यांकन बिना मापदण्ड विपरीत खनिएको मानव निर्मित सडक निर्माणका कारण १ तले पक्कि घर पुर्ण रुपमा क्षति पुगेको बताउदै सडककै कारण आफुहरुले बाढिको सामना खेप्नु परेको सुनाउनु भयो ।

    सडक निर्माण गर्दा फालिएका ढुंगा माटो बुढदेवी बस्तीमा करिब ३ देखि ६ फिट सम्म जम्मा भएको छ । जम्मा भएको ढुंगा माटो नहटाए अबको बर्खायामा बस्तीले झनै धेरै क्षति ब्यहोनुपर्ने स्थानीय सुर्य बहादुर केसीले बताउनुभयो । गेग्रान हटाई बस्ती माथिको भुषबाङ खोला देखि नै तल बस्ती सम्म पक्कि बाध सहित पहिरो रोकथाम तथा नियन्त्रणको काम गर्नुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो । पहिरो रोकथाम तथा नियन्त्रणको लागि स्थानीय तहबाट पुर्ण साथ सहयोग पाएको उहाँले बताउनुभयो ।

    बस्ती सुरक्षित तथा पहिरो रोकथाम, नियन्त्रणको लागि सडक डिभिजन कार्यालय प्युठान गम्भीर नभएको स्थानीय बोम बहादुर भण्डारीले बताउनुभयो । बाढिपछि जिल्ला ब्यवस्थापन समिति सहित सर्वपक्षीय बैठकबाट बस्तीमा जम्मा भएको ढुंगा माटो हटाउन पहल गर्ने, पहिरो नियन्त्रणको लागि सडक डिभिजनबाट पनि काम सुरु गर्ने लगायतका निर्णय गरे पनि कार्यालयले बायोइन्जिनियरिङ्गको काम गरेर अहिले सो क्षेत्रमा अन्य काम गर्न कार्यविधिले नदिने भन्दै पन्छिले बाहान खोजिरहेको बताउनुभयो ।

    छलफलमा उठेका समस्या तथा गुनासोहरुलाई सम्बोधन गर्दै नगर प्रमुख बिष्णु बहादुर योगिले त्यस क्षेत्रको संम्भावित जोखिमको बिषयलाई प्राथमिकता दिएको बताउनुभयो । भुषबाङ खोलाको पहिरो रोकथाम तथा नियन्त्रणको बिषयमा नगरपालिका गम्भीरताका साथ लागि परिरहेकोे बताउनुभयो । बाढिको समयमा बस्तीलाई सुरक्षित गराई थप क्षति हुनबाट बचाउन सबै वडाको पहल तथा नगरपालिकाबाट गरी ९० लाख भन्दा बढि रुपैया खर्च गरेको बताउनुभयो । भुषबाङ खोलाको पहिरो रोकथाम, नियन्त्रण पुर्नस्थापर्ना, बाढिले पु¥याएको संरचनाको पुन निर्माण तथा राहतको लागि ६ करोड भन्दा बढि खर्च लाग्ने भएको छ ।

    नगरपालिकाको स्रोत साधनले मात्रै पहिरो रोकथाम तथा नियन्त्रण कार्य असंम्भव नरेहेकाले दीर्घकाली समस्या समाधानका लागि वडा,पालिका, प्रदेश हुदै केन्द्र सम्म पहल गरेको बताउनुभयो । जिल्लाबाट निर्वाचित प्रदेश तथा संघिय सांसदहरुसंग पटक पटक छलफल गरी रहेको उहाँको भनाई छ । प्राविधिक टोली सहित भुर्गवविधहरुबाट समेत बाढि प्रभावित क्षेत्रको स्थलगत अनुगम गरेको स्मरण गराउदै रिपोर्ट बाँकि रहेको बताउनुभयो । सडक डिभिजन कार्यालय प्युठाने सडक निमार्णको डिपिआर माग्दा अफै उपलब्ध नगराएको बताउनुभयो ।

    २/३ दिन भित्रै प्रमुख जिल्ला अधिकारी सहित सडक डिभिजन कार्यालय प्युठान, जल स्रोत तथा सिंचाइ कार्यालय लगायतका जिल्ला स्थित सम्वद्ध निकाय सहित बैठक बसि ठोस योजना बनाएर अगाडि बढ्ने नगर प्रमुख योगीले जानकारी दिनुभयो ।

    अहिले निर्वाचन क्षेत्र रणनीतिक सडक योजना अन्तर्गत काम भैरहेको छ । कुनै जानकारी नगराई सडकबाट निस्किएको माटो तथा ढुंगा बस्तीतिरै फालि थप जोखिम बढाउने काम गरेकाले आज मात्रै १ जेसिवी र २ वटा टिप्परको चावी जफत गरी ल्याएको स्थानिय अन बहादुर भण्डारीले बताउनुभयो । सडक डिभिजनले यस अघि सहमति अनुसारको काम अगाडि नबढाए कार्यालय घेराउ गर्ने लगायतका थप आन्दोलनका कार्यक्रम गर्ने स्थानियको चेतावनी छ ।



    mandavionline mandavionline    
  • १४ माघ २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP