यूठान । विपद् प्रतिकार्यमा स्थानीयको क्षमता अभिवृद्धि गर्न सशस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्म प्यूठानले स्वयंसेवक उद्धारकर्मी विपद् प्रतिकार्य तालिम सञ्चालन गरेको छ ।
जिल्लाका नौ वटै स्थानीय तहको सहयोगमा नौ वटै स्थानीय तहको प्रतिनिधित्व हुने गरी तालिम आयोजना गरिएको सशस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्मका प्रहरी नायव उपरीक्षक रोहित घिमिरेले जानकारी दिनुभयो ।
आइतवारदेखि शुरु भई आगामी मंगलवारसम्म आयोजना हुने तालिमको पहिलो दिन नौ महिलासहित ४० जना स्वयमसेवक प्रशिक्षार्थीको सहभागिता रहेको थियो । विपद् प्रतिकार्यको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको सशस्त्र प्रहरी बलले पालिका तथा समुदाय तहको विपद् प्रतिकार्यका लागि क्षमता अभिवृद्धि गर्न तालिम सञ्चालन गरेको हो ।
विपद् प्रतिकार्यको पहिलो उद्धारकर्ता समुदाय भएको हुँदा विपद्को जोखिम घटाउन समुदायस्तरमा स्वयमसेवक परिचालन गर्न सके विपद्को जोखिम कम गर्न सकिने बताइन्छ ।
विजयनगरस्थित बालमन्दिरमा आइतवार भएको तालिम उद्घाटनका अवसरमा जिल्ला समन्वय समिति प्यूठान प्रमुख धरमबहादुर जिशी, प्रमुख जिल्ल अधिकारी रमा आचार्य सुवेदी लगायत जिल्लास्थित सुरक्षा निकायका प्रमुखरुको समेत उपस्थिति रहेको थियो ।
प्रतिक्रिया