रविन विश्वकर्मा, प्यूठान । जनता मावि बाग्दुलामा पिस पोष्टर ( विश्व शान्तिको प्रतिक झल्किने )प्रतियोगिता सम्पन्न भएको छ । लायन्स क्लब अफ धर्मावती बाग्दुला प्यूठानको आयोजनमा बिहिबार प्रतियोगिता सम्पन्न भएको हो । ११ बर्ष देखि १३ बर्ष उमेर समुहका बालबालिकाहरुको बिचमा भएको प्रतियोगितामा प्रथम गोबिन्द पोख्रेल, द्धितिय सोफिया नेपाली, तृतिय सुवेच्छा रावत र सान्त्वना आविष्कार नेपाली भएका छन् । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना स्थान प्राप्त गर्नेहरुलाई पुरस्कार स्वरुप शैक्षिक सामाग्रि प्रदान गरेको लायन्स क्लब अफ धर्मावती प्यूठानले जनाएको छ ।
प्रतियोगितामा प्रथम भएका गोबिन्द पोख्रेलले बनाएको चित्रलाई लायन्स क्लब इन्टरनेशनलमा पठाउने लायन्स क्लब अफ धर्मावतीका अध्यक्ष बासुदेव थापाले जानकारी दिनुभयो । प्रतियोगितामा ४२ जनाको सहभागिता रहेको थियो । विश्वभरका बालबालिकाहरुको बिचमा हुन लागेको पिस पोष्टर प्रतियोगितामा प्रथम हुनेलाई पुरस्कार स्वरुप ५ हजार अमेरिकी डलर प्रदान गरिने छ । साथै प्रतियोगितामा उत्कृष्ट २३ भित्र पर्नेहरुले पनि ५ सय डलर प्राप्त गर्ने छन् ।
प्रतिक्रिया