logo

  • १ जेष्ठ २०८२, बुधबार | Wed, 14 May 2025

  •      Listen Radio Live

    प्युठानमा बदेललाई मार्न राखिएको बम विस्फोट हुँदा बालक घाईते

    प्युठानमा बदेललाई मार्न राखिएको बम विस्फोट हुँदा बालक घाईते

    प्युठानमा बदेललाई मार्नका लागि राखिएको सुतली बम विस्फोट हुँदा एक जना बालक घाईते भएका छन् । मल्लरानी गाउँपालिका वडा नम्वर ३ धरमपानीमा शनिबार दिउँसो बारीमा भेटिएको बम खेलाउने क्रममा विस्फोट हुँदा ११ वर्षीय सौरभ अधिकारी घाईते भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । बम विस्फोट हुँदा बालकको दाहिने खुट्टाको पैतला क्षति भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक केशव केसीले जानकारी दिनुभयो ।

    घाईते बालकलाई जिल्ला अस्पताल विजुवारमा उपचार पछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको छ ।प्रहरीले अनुसन्धानका लागि मल्लरानी गाउँपालिका वडा नम्वर ३ धरमपानी बस्ने ५८ वर्षीय मोहन बहादुर केसीलाई पक्राउ गरेको छ । बदेललाई मार्नका लागि प्रयोग गरिएको सुतली बम जस्तो देखिने आलु आकारको थप दुई वटा बमलाई बर्द बहादुर गणको टोलीले आईतबार डिस्पोज गरेको छ ।



    mandavionline mandavionline    
  • २७ माघ २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP