रविन विश्वकर्मा,प्युठान । जिल्लामा संञ्चालित कृषि पकेट, ब्लक विकास तथा कृषिसंग सम्बन्धित कार्यक्रमहरुको बार्षिक प्रगति समिक्षा गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना,परियोजना कार्यान्वयन ईकाई प्युठानको आयोजनामा आ.व ०८१÷८२ मा संञ्चालित उक्त कार्यक्रमहरुको मंगलबार समीक्षा गरिएको हो । कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, एकीकृत कृषि तथा पशुपन्छि विकास कार्यालय, मल्लरानी, ऐरावती, झिमरुक नौबहिनी गाउँपालिका, प्यूठान नगरपालिकाका कृषि शाखा प्रमुख तथा कृषि प्राविधिकहरुले पकेट विकास कार्यक्रमको प्रगतिबारे जानकारी गराएका थिए । यस्तै मल्लरानी ग्रामीण विकास सरोकार केन्द्र मार्फत ऐरावती गाउँपालिकामा सञ्चालित हेफर परियोजनाको प्रगतिबारे परियोजना संयोजक नेत्र प्रसाद मरासिनी, कालिका विकास केन्द्र मार्फत ऐरावती गाउँपालिकामा सञ्चालित विलिफ परियोजनाको प्रगतिबारे कार्यक्रम अधिकृत विवेक न्यौपानेले प्रस्तुतीकरण राख्नु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति प्यूठान प्रमुख धरम बहादुर जिसीले स्थानिय हावा पानी, माटो, सुहाउदो जमिनको छनौट गदै बजारको माग तथा आवश्यकता अनुसार पकेट विकासका कार्यक्रम संञ्चालन गर्न जोड दिनुभयो । हाल सम्म सम्पादित कार्य प्रगति सन्तोषजनक रहको बताउदै कार्य सम्पादनमा भएका कमिकमजोरीहरुलाई सुधार गदै देखिएका कठिनाई, समस्या तथा चुनौतीहरुको समयमै पहिचान गरी आगामी दिनमा राम्रो प्रतिफल दिने गरी काम गर्न आग्रह गर्नुभयो ।
विशेष अतिथि तथा मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण खड्काले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले जिल्लामा कृषि तथा पशुपालनको क्षेत्रमा राम्रो काम गरेको बताउनुभयो । कृषि तथा पशुपालन क्षेत्रमा काम गर्ने हरेक निकायले कार्यालयले जस्तै सक्रियताका साथ किसानहरुलाई समेट्दै उत्पादकत्व वृद्धिमा जोडन पहल गरे जिल्लामा देखिएको खाद्यान्न, दुध, फलफुल लगाएतका अभावको समाधान गर्न सकिने बताउनुभयो । अध्यक्ष खड्काले कृषि तथा पशुपालनमा आत्मनिर्भर गराउन गाउँपालिकाले प्रोत्साहन स्वरुप तरकारी, दुध, घिउ, खसि, बोका लगायतमा उतपादनमा अधारित उनुदान कार्यक्रम संञ्चालन गरेको बताउनुभयो ।
यस्तै धान जोन सञ्चालक समन्वय समितिका अध्यक्ष श्याम थापाले कृषि क्षेत्रको विकासका लागि समन्वयात्मक रुपमा काम गर्नुपर्ने बताउनुभयो । कृषकका माग तथा समस्याहरुलाई शुक्ष्म तरिकाले समयमै पहिचान गरी समाधान गर्नतर्फ तीनै तहका सरकार दतारुकताका साथ लाग्नुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख चुमान सिंह गिरीले माण्डवी गाउँपालिका बाहेक ८ वटा स्थानिय तहमा पकेट बिकास कार्यक्रम संञ्चालन भएको बताउनुभयो । ६ वटा बालीबस्तु आलु, कमै, गहुँ , सुन्तला, मौरी, अदुवा/बेसार अन्तर्गत ९ वटा पकेट विकास कार्यक्रम संञ्चालन भएको बताउनुभयो । उहाँका अनुसार ५ वटा स्थानीय तहका २४ वटा वडामा धान जोन, ६ वटा स्थानिय तहका ३२ वटा वडामा तरकारी जोन र ५ स्थानीय तहका २१ वटा वडामा अदुवा÷ बेसार जोन प्रवद्र्धन कार्यक्रम संञ्चालनमा छ । संघ मार्फत जोन तथा सुपरजोन, प्रदेश मार्फत ब्लक विकास र स्थानीय तह मार्फत पकेट विकास कार्यक्रम सञ्चालन भइरहेको उहाँले बताउनुभयो । परियोजना अन्तर्गत स्थानीय तहले सञ्चालन गर्ने पकेट विकास कार्यक्रममा चालु आर्थिक बर्षको ९ महिनामा ८० प्रतिशत प्रगति हासिल गरेको बताउनुभयो । कार्यालय प्रमुख गिरीले काक्रा, तरकारीको बिउ उत्पादन, चैते धान, कफि खेती र चक्ला बन्दी कार्यक्रमलाई संम्भावना भएका क्षेत्रमा जिल्लाभर विस्तार गर्ने गरी अगाडि बढेको बताउनुभयो ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका कृषि अधिकृत जयन्ती मल्लले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रमको संञ्चालन कार्यलयका नायव प्राविधिक सहायक विपिन खड्काले गर्नुभएको थियो ।
प्रतिक्रिया