logo

  • १८ जेष्ठ २०८३, सोमबार | Mon, 01 Jun 2026

  •      Listen Radio Live

    विवादास्पद अभिव्यक्तिपछि प्रधानमन्त्रीको चर्को आलोचना

    विवादास्पद अभिव्यक्तिपछि प्रधानमन्त्रीको चर्को आलोचना

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले संसद्मा दिएको ‘नेपालले पनि भारतको जग्गा मिचेको छ’ भन्ने अभिव्यक्तिको चौतर्फी चर्को आलोचना भैरहेको छ ।

    आइतबार संसद्मा सीमा विवादबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले भारतले मात्रै नभई नेपालले पनि भारतको भूमि मिचेको बताएका थिए। उनको यो अभिव्यक्तिको सर्वत्र आलोचना भैरहेको छ, राजनीतिक वृत्तदेखि सामाजिक सञ्जालसम्म प्रधानमन्त्रीमाथि गम्भीर प्रश्न उठाइएको छ । यही विषयलाई लिएर उनको राजीनामा समेत मागिएको छ ।
    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीको अभिव्यक्ति घातक र मुलुकको हित विपरित भएको बताएको छ ।

    देशको कार्यकारी प्रमुखले संसद जस्तो गरिमामय मञ्चमा कुनै ऐतिहासिक तथ्य र प्रमाण बिना, हल्का ढंगले राष्ट्रिय हित प्रतिकूल हुनेगरी राखेका विचारहरू अक्षम्य, आपत्तिजनक र घोर निन्दनीय भएको पनि कांग्रेसले बताएको छ।

    ’प्रधानमन्त्रीको यो अभिव्यक्तिले एकातिर राष्ट्रिय स्वाभिमानप्रति उहाँको मनसाय र कमजोर राजनीतिक एवं कूटनीतिक चेतको यथार्थलाई छताछुल्ल पारेको छ भने अर्कोतिर कूटनीतिक सीमा संवाद र अन्तर्राष्ट्रिय मञ्चमा देशको कूटनीतिक विश्वसनीयतामाथि नै गम्भीर आघात पु¥याएको छ,’ प्रवक्ता देवराज चालिसेले निकालेको विज्ञप्तिमा भनिएको छ ।

    नेकपा एमाले का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्तिप्रति आपत्ति कडा जनाउँदै गम्भीर प्रश्न उठाएका छन् ।

    सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया सार्वजनिक गर्दै पोखरेलले प्रधानमन्त्रीले संसदमा व्यक्त गरेको धारणा अस्वाभाविक भन्दै त्यसले प्रधानमन्त्रीको भूमिकामाथि नै प्रश्न खडा गरेको बताएका हुन् ।

     



    mandavionline mandavionline    
  • १८ जेष्ठ २०८३ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP