logo

  • २८ बैशाख २०८२, आईतवार | Sun, 11 May 2025

  •      Listen Radio Live

    प्रेस युनियनले ‘लोमान्थाङ अन्तरराष्ट्रिय मिडिया समिट’ गर्ने

    प्रेस युनियनले ‘लोमान्थाङ अन्तरराष्ट्रिय मिडिया समिट’ गर्ने

    काठमाडौं। नेपाल प्रेस युनियनले वैशाख २७ देखि ३० गतेसम्म लोमान्थाङमा अन्तर्राष्ट्रिय मिडिया समिट’ गर्ने भएको छ ।

    नागरिक समृद्धि र समृद्ध नेपालका लागि समाजका हरेक पक्षलाई उजागर गर्दै बहुआयामिक परिवर्तन र समाजको रुपान्तरणमा योगदान पुर्याउने उद्देश्यले समिट गर्न लागिएको युनियनले जनाएको छ ।

    शुक्रबार काठमाडौंमा पत्रकार सम्‍मेलन मार्फत अध्यक्ष शिव लम्सालले लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटको औपचारिक उद्‌घाटन ललितपुरको होटल हिमालयमा शनिबार हुने बताउनुभयो। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले कार्यक्रमको समुदघाटन हुने समारोहमा सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, परराष्ट्रमन्त्री डा।आरज राणा देउवालगायत विभिन्न देशका पत्रकारहरुबाट सम्बोधन हुनेछ ।

    ‘नेपालको इतिहासमा पहिलो पटक नेपाल प्रेस युनियनले ‘लोमन्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आयोजना गर्न गइरहेको जानकारी गराउन पाउँदा खुसी लागेको अध्यक्ष लम्सालले बताउनुभयो। नागरिक सम्वृद्धि र समृद्ध नेपालका लागि समाजका हरेक पक्षलाई उजागर गर्दै बहुआयामिक परिवर्तन र समाजको रुपन्तरणमा केही योगदान पर्‍याउन सकिन्छ भन्ने हेतुले नेपाल प्रेस युनियन यो समिट आयोजना गर्न लागेको हो । समिट काठमाडौंदेखि पोखरा हुदै मुस्ताङसम्म बैशाख २७ गते देखि ३० गते सम्म चल्नेछ ।’

    विश्वका बदलिँदो परिवेशमा प्रविधिले निम्त्याए‌को अवसर र चुनौती तथा दक्षिण एसियामा मिडियाले भोग्नु परेका समस्या, दक्षिण एसियाको पत्रकारिताको प्रभावबारेमा दक्षिण एसियासहित विभिन्न ६ मुलुकबाट आएका विषय विज्ञहरुको कार्यक्रममा प्रस्तुति गर्नेछन।

    समिटमा विश्व परिवेशलाई केन्द्रमा राखेर दक्षिण एसिया र नेपालको पत्रकारिताको बारेमा चिन्तन मनन गरिने उनले नेपाल प्रेस युनियनका महासचिव दीलीप पौडेलले बताउनुभयो । ‘समिटमा नेपाली पत्रकारितामा पत्रकारहरुले भोग्नु परेका कठिनाइ अवसर र चुनौतीमा प्रस्तुति, छलफल सुझावसहितका निष्कर्ष निकाल्ने लक्ष्य राखिएको छ,’ उहाँले भन्नुभयो, ‘ बदलिँदो नेपालमा जनचाहना अनुरुपको पत्रकारिताको सन्दर्भमा अबको पत्रकारिताले सामाजिक वातावरणीय क्षेत्रमा पनि ध्यान दिन जरुरी देखिएकाले जलवाय परिवर्तनले निम्त्याएको संकटका बारेमा पनि छलफल गर्छौं। यस अन्तर्गत जलवायु संकट, समस्या पहिचान र पत्रकारिताको भूमिकालगायत विविध पक्षमा विश्लेषण हुनेछन्।’

    उद‌घाटन समारोहपछि ‘राजनैतिक दल, नागरिक समाज, लोकतन्त्र र पत्रकारिता को कति नजिक?, को कति टाढा ?’ विषयमा पहिलो प्रस्तुति हुनेछन् जसमा डा. हरि शर्माले कार्यपत्र प्रस्तुत गर्नुहुोछ भने दिलेन्द्र बडु, पार्वत गुरूङ, रेखा शर्मा, डा. भासिल सोतिरोभ र पत्रकार शिव गाउँले वक्ताका रुपमा रहनुहुनेछ ।

    विदेशी पत्रकारसहित करिब १५० पत्रकार सहभागी हुने मिडिया समिटको यात्रा काठमाडौंदेखि पोखरा हुँदै मुस्ताङको लोमाङथाङसम्म हुनेछ।

    समिटमा नेपाली पत्रकारितामा पत्रकारहरूले भोग्नुपरेका कठिनाइ, अवसर र चनौतीमा प्रस्तुति, छलफल सुझावसहित निष्कर्ष निकाल्ने लक्ष्य राखिएको छ । समिटमा जलवायु परिवर्तनले निम्त्याएको सङ्कटका बारेमा पनि छलफल गरिने जनाइएको छ ।

    ‘जलवायु सङ्कट र पत्रकारिता’, ‘एआई र न्यू मिडिया इन साउथ एसिया’ र ‘प्रेस स्वतन्त्रता र पत्रकारिता, अभ्यास तथा चुनौती’ विषयमा प्रस्तुति हुने बताइएको छ ।



    mandavionline mandavionline    
  • २६ बैशाख २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP