लुम्विनी प्रदेश सरकारले आ.व. २०८२/०८३ को बार्षिक बजेट लुम्विनी प्रदेश शभामा प्रस्तुत गरेको छ । प्रदेश अर्थमन्त्री धनेन्द्र कार्किले प्रस्तुत गर्नुभएको बजेटमा प्यूठानको कृषि उत्पादन, पर्यटन प्रवद्धन, सडक सञ्जाल, खानेपानी, भौतिक पुर्वाधारका योजनाहरु समेटिएका छन् ।
प्यूठानमा कोदो, फापर र रातो मुलाको ब्यवसायीक उत्पादन बढाउने र खोरेत मुक्त जिल्ला बनाउने योजना अघि सारिएको छ । प्यूठानको कोदोको रक्सी सहित घरेलु मदिरालाइ ब्राण्डींग गर्नका लागी आबश्यक निती अख्तियार गर्ने योजनामा समेटिएको छ ।
स्वर्गद्धारीको पर्यटन प्रवद्धनका लागी आबश्यक बजेट बिनियोजन गर्दै काइलाबास, धारापानी, स्वर्गद्धारी पर्यटन मार्गको रुपमा बिकास गर्ने योजना अघि सारिएको छ । मेरो बिद्यालय मेरा दायित्व अभियानलाइ सबै बिद्यालयमा पुर्याउदै सिप मुलक तालिम सहितको गुणस्तरिय शिक्षाका लागी आबश्यक पहल गरिने अर्थमन्त्रीद्धारा प्रस्तुत बजेट बक्तब्यमा उल्लेख छ ।
बालबिबाह अन्त्यका लागी बिशेष बजेटको ब्यवस्था गरेको प्रदेश सरकारले सुरक्षित मातृत्वका लागी हवाइ एम्बुलेन्स सेवा सञ्चालनका लागी १० करोड रुपैया बजेट बिनियोजन गरेको छ । प्यूठान अस्पतालको भवन निर्माणलाइ पुर्णत दिने जनाएको बजेट बक्तब्यले खेलकुद क्षेत्रको बिकासका लागी ३७ करोड बजेट बिनियोजन गरेको छ ।
एक घर एक घारा अभियानलाइ निरन्तरता दिदै गुणस्तरिय पानी तथा खानेपानीका श्रोतहरुको संरक्षणका लागी १० करोड रुपैया बजेट बिनियोजन गरेको छ । प्रदेश राजधानीका प्रशासनिक भवनहरुको संरचना निर्माण सम्पन्न गरी सेवा सुचारु गर्न, राप्ती नदि सभ्यतामा आधारित जग्गा एकिकरण लगाएत सहरी बिकास तथा खानेपानीका लागी ५ अर्ब ६२ करोड रुपैया बिनियोजन गरेको छ ।
प्रदेश राजमार्गको रुपमा रहेको रामपुर कपुरकोट सडक प्यूठान खण्ड सहित निर्माणका लागी १९ करोड रुपैया बजेट बिनियोजन गरेको प्रदेश सरकारले बाग्दुला, बहाने, स्याउलीवांग, लामाताल चैते, बाग्दुला मच्छी लगाएतका प्रदेशका ९ समपुरक सडक योजना निर्माण गर्ने योजना अघि सारेको छ ।
पत्रकारहरुको दुर्घटना बिमा, लोक कल्याणकारी बिज्ञापनलाइ निरन्तरता दिदै भष्टचारमा शुन्य सहनसिलता अपनाउने उल्लेख गरेको बजेटले सेवाग्राहीसंग प्रदेश सरकार अभियान अनुसार छिटो छरितो सेवा प्रवाह र गुनासो सुन्ने प्रविधिको बिकास गर्ने जनाएको छ । निर्माणाधिन अवस्थामा अलपत्र परेका र उपयोग बिहिन बनेका योजनाहरुको निर्माण सम्पन्न गरि उपयोगी बनाउनका लागी प्रदेश आयोजना बैंक स्थापना गर्ने जनाएको छ ।
प्रतिक्रिया