logo

  • २९ बैशाख २०८२, सोमबार | Mon, 12 May 2025

  •      Listen Radio Live

    जलवायु परिवर्तन विश्वकै मुख्य समस्या : राष्ट्रपति पौडेल

    जलवायु परिवर्तन विश्वकै मुख्य समस्या : राष्ट्रपति पौडेल

    बाकु,अजरबैजान । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन सोमवार बाकु पुग्नुभएको छ ।

    राष्ट्रपति पौडेललाई बाकुस्थित हैदर अलियभ अन्तर्राष्ट्रिय विमानस्थलमा अजरबैजानका न्याय मन्त्री फारिद तरुव अहमदोभले स्वागत गर्नुभएको थियो । भेटका क्रममा राष्ट्रपति पौडेलले अहिलेको विश्वको समस्या नै जलवायु परिवर्तन भएको बताउनुभयो ।

    राष्ट्रपति पौडेलले यस सम्मेलनले विकसित देशलाई कार्बन उत्सर्जन कम गर्न र जलवायु कोषमा प्रतिबद्धताअनुसारको रकम लगानी गर्न तथा कार्बन उत्सर्जनमा न्यून योगदान गरेर पनि मारमा परेका विकासशील देशका लागि लगानी गर्न प्रेरित गर्नुपर्नेमा जोड दिनुभएको उहाँका प्रेस सल्लाहाकार किरण पोखरेलले जानकारी दिनुभयो ।

    प्रेस सल्लाहाकार पोखरेलका अनुसार न्यायमन्त्री अहमदोभले यस सम्मेलनको मुख्य विषय नै जलवायु परिवर्तनसम्बन्धी मुद्दा भएको उल्लेख गर्दै विकाशसील देशमाथि न्याय गरिनुपर्ने आवश्यकता औँल्याउनुभएको थियो ।

    सोमवारदेखि सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप-२९) मा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल यहाँ अजरबैजान पुग्नुभएको हो ।

    कोप–२९ अन्तर्गतको सम्मेलनमा राष्ट्रपति पौडेलले उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई सम्बोधन गर्ने कार्यक्रम छ ।

    सम्मेलनका क्रममा नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउन यही कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन हुनेछ । सम्मेलन आगामी मङ्सिर ७ गतेसम्म चल्नेछ । रासस



    mandavionline mandavionline    
  • २७ कार्तिक २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP